दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइन् 

Bunu  tharu

काठमाडौँ — नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिइन् ।

टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोला र संक्रमणपछि निको भएकी युवतीको अनुमतिमा यो तस्बिर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो ।रिपोर्ट नेगेटिभ सबै नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो।

ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। उनी युएईबाट चैत छ गते नेपाल आएका थिए।

शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका थिए। हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० छ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्।

ekantipur

प्रतिक्रिया दिनुहोस

<