अमेरिकामा एकैदिन मृत्युुहुनेको संख्या अहिलेसम्मकै उच्च , सातलाख बढी संक्रमित

April 18, 2020

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ३८२ जनाको मृत्यु भएको छ भने ८६ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २४१ पुगेको छ भने २२ लाख ५० हजार ११९ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा मात्रै पछिल्लो २४ घण्टामा २५ सय ३५ जनाको मृत्यु भएको छ भने ३२ हजार १६५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३७ हजार १५४ पुगेको छ भने ७ लाख ९ हजार ७३५ जना संक्रमित भएका छन्।

 

ehulaki.com

प्रतिक्रिया दिनुहोस

<