कालीमाटी गाउपालिकामा ८ सय १३ घरपरिवारलाई राहत वितरण

सल्यान ६ बैशाख ।

सल्यानको कालीमाटी गाउपालिकामा गाउपालिका भित्रका ८ सय १३ बिपन्न घर  परिवारलाई राहत वितरण गरिएको गाउपालिकाले जनाएको छ । कोरोना भाइरस फैलिन नदिनको लागी सरकारले गरेको लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका बिपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो । राहत वितरण परिवार संख्याको आधारमा गरिएको बताईएको छ । गाउँपालिकाका अध्यक्ष  दान बहादुर केसीले दिएको जानकारी अनुुसार परिवार संख्याका आधारमा ३ किसिमको प्याकेज बनाई वितरण गरिएको छ ।

जस अनुुसार दुुई जना सम्मको परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुुन्, १  किलो चिनी र २ वटा साबुन –(लाइफ व्वाए ) वितरण गरिएको छ । त्यस्तै चार जना सम्मको परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुुन्, १ एक किलो चिनी र २ वटा साबुन वितरण गरिएको छ । त्यसैगरी चार जना भन्दा माथिको संख्याको परिवारलाई ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुुन्, १  किलो चिनी र २ वटा साबुन वितरण गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट आएका १६ जनालाई हिजो शुुक्रबारदेखि क्वारेन्टाइनमा राखिएको पनि उनले जानकारी दिएका छन् ।  गाउपालिकाका सबै वडामा पुगेर राहत वितरण गरिएको साथै राहत पाउन  छुटेका अरु बिपन्न परिवारलाई  दोस्रो चरणमा राहत वितरण गरिने गाउपालिकाले जनाएको छ ।

कालिमाटी गाउँपालिका, सल्यानको अनुरोध

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस

<