शारदा नगरपालिकाको कोरोना बिपद् कोषमा खाद्यान्न सहयोग

सल्यान ६, बैशाख ।

सल्यानको शारदा नगरपालिकाले स्थापना गरेको राहत कोषमा बिभिन्न निकायहरुबाट राहत संकलन भैरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा बिभिन्न निकायहरुबाट सहयोग प्राप्त हुने चलिरहेको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो ।

यसैक्रममा शुक्रवार आज शारदा नगरपालिका १ श्रीनगरमा रहेको खैरावाङ्गी माइ पेट्रोल पम्पले राहत कोषमा सामग्री उपलव्ध गराएको छ । पम्पका सन्चालक रन्जित राई, भुवन राई र नैनजित राईले आफ्ना बुवा चन्द्र बहादुर राईको स्मृतीमा सहयोग उपलव्ध गराउनु भएको हो । राई परिवारले ३० बोरा चामल, ३० पोका नुन र ३० लिटर खाने तेल उपलव्ध गराएको छ ।


त्यस्तै शारदा नगरपालिका १ निवासी खलङ्गा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष केशव बुढाथोकी र सोही ठाँउ निवासी किसान बुढाथोकीले पनि नगरको राहत कोषमा सहयोग गर्नुभएको शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नबराज बुढाथोकीले जानकारी दिनुभएको छ । दुवै जनाले ब्यक्तिगत रुपमा १०÷१० बोरा चामल, दाल, नुन र तेल उपलव्ध गराउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

<