खानेपानी तथा सरसफाई उपभोक्ता समितिका लागि व्यवस्थापन र सुशासन सम्बन्धी गोष्ठि तथा अन्तरक्रिया सम्पन्न

                               सल्यान, ४ बैशाख ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, जिल्ला शाखा सल्यानले जिल्लाको कुमाख गाउँपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई व्यवस्थापन र सुशासन सम्बन्धी एक दिने गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानको आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम संम्पन्न भएको हो । कार्यक्रम उद््घाटनको क्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैशीले खानेपानी आयोजनाहरु दिगो राख्न सवैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

जलबायु परिवर्तनले विभिन्न समस्याहरु निम्त्याउदै गएकोमा सोहि बमोजिम आफूलाई समायोजन गर्नसक्नुपर्ने, पानीको सहि सदुपयोग गर्न सक्नुपर्ने, जीवन र सरसफाई द्ुवै त्यत्तिकै महत्वपूर्ण ठानेर काम गनुपर्ने बताए । त्यस्तै नेपालको पानी अन्त्यन्तै राम्रो रहेको, अत्यावश्यक पर्दा विना सुद्धिकरण समेत पिउन सकिने बताए ।

तर अन्य विभिन्न देशहरुमा सुद्धिकरण नगरी पानी पिउन त के अन्य काममा समेत प्रयोग गर्न नसकिने अवस्था रहेको बताए । त्यस्तै आयोजनाहरु दिगो राख्न, पानी सुद्धिकरण गरेर पिउन र आयोजनाहरु व्यवस्थित गर्ने जिम्मेवारी जनप्रतिनिधिसमेतको रहेको भन्दै सवैलाई आ–आफ्नो तर्फबाट क्रियाशिल बन्न अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जैशीले कुमाख गाउँपालिकामा खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ, सल्यानले व्यवस्थापन र सुशासन सम्बन्धी एक दिने गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर महत्वपूर्ण जानकारी एबं सन्देश प्रवाह गरेकोमा धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि कुमाख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिंह वलीले स्वच्छ पानीको प्रयोग गर्नुपर्ने, पानीको सुद्धिकरण गरेर पिउनुपर्ने, पानीको ल्याव टेष्ट गरेर उपयुक्त भएमा मात्र पिउनुपर्ने, घरघरमा फिल्टरको व्यवस्था हुनुपर्ने, आयोजनाहरु दिगो बनाउन र पानीको सुद्धिकरण गरी पिउनका लागि बेलाबेलामा थप तालिमहरु दिनुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष एबम् खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष पुर्ण चन्द्र राईले खानेपानीका आयोजनाहरु निर्माण गर्नुपूर्व नै उपभोक्ता समिति गठन गरेर काम गर्नुपर्ने, पानीका मुहानहरु सुक्दै गईरहेको सन्दर्भमा र पछिका दिनहरुका मुहानकै लागि समेत समुदायमा विवादहरु सृजना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विधान तयारी, मूल दर्ता लगायतका कामहरु गरेर मात्र अगाडि बढ्दा सहज हुने बताए ।

त्यस्तै आयोजनाहरु दिगो बनाउन उपभोक्ता समितिको नियमित बैठक, आर्थिक पारदर्शिता, लेखापरीक्षण लगायतका कामहरुमा पनि त्यत्तिकै जोड दिनुपर्ने बताए । खानेपानीको क्षेत्रमा खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ छाता संगठनको रुपमा रहेकाले कुनै बिवाद आए महासंघले सहजीकरण गर्ने बताए ।

यस क्षेत्रमा आफूले दिनरात खटेर काम गरिरहेको बताउदै अँझ पनि निश्वार्थ किसिमले काम गर्न चाहेको बताए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानका सचिव राजेश बिकले स्थानीय तहका उपभोत्ता समितिलाई जुन सुकै समस्या आए पनि समस्या समाधान गर्न खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा तयार रहेको बताएका छन् ।

कार्यक्रम संचालनसंगै सहजीकरण गर्ने क्रममा उनले स्थानीय तह भए संगै बिकासका सम्पुर्ण गतिबिधि संचालनमा सजिलो भएको बताउदै अवका दिनहरुमा समेत आफूहरुले पनि स्थानीय तहसंग समन्वय गर्दै काम गर्ने बताए ।

पानी मानिसको जीवनमा नभई नहुने कुरा भएकाले स्थानीय तहले सबै भन्दा पहिले खानेपानिका क्षेत्रमा धेरै लगानि लगाउनु पर्ने बताएका छन् . कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्ने क्रमसंगै कार्यक्रमका मूख्य सहजकर्ता एबं ग्रामिण खानेपानी तथा सरसफाई आयोजना, सल्यानका टिम लिडर ९म्(क्इक्, त्भबm ीभबमभच० जयशंकर झाले पानीका श्रोतहरु बचाउनुपर्ने र यसमा विशेष गरी उपभोत्ता समिति क्रियाशिल हुनुपर्ने बताए ।

खानेपानीको व्यवस्थापन र सुशासनका लागि उपभोक्ता समितिको नै महत्वपूर्ण भुमिका हुने बताएका छन् । समितिका जिम्मेवार पदाधिकारीहरुले आ–आफ्नो जिम्मेवारी बुझ्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने बताए ।

समितिको कामहरु पारदर्शी हुनुपर्ने, महसुलमा नियमितता हुनु पर्ने र योजनाको रेखदेखको लागि चौकीदार राख्नुपर्ने, तालिम प्राप्त व्यक्तिहरुले बीचैमा छोड्न नहुने जस्ता कुराहरुमा जोड दिए । कार्यक्रममा आइटी अफिसर निरब बैद्य, गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, अन्य वडा सदस्यहरु, शिक्षक, पत्रकार समेतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<