सत्ताका खेलले डुब्यो मुलुक

मुलकमा अहिले शान्ति र विकास हुनुपर्ने समय हो । लामो ंसंघर्ष र जनयुद्धपछि भएको एैतिहासिक परिवर्तनले मुलुकमा शान्ति, सु व्यवस्था र स्थिर राजनैतिक अवस्था हुनुपर्ने हो । तर स्थिति त्यस्तो देखिएन । सत्ताका लागि आफ्नै जन्मभूमि प्रति घात गर्नेहरु बढेका छन्् । जनतामा अनेक खाले भ्रम फिजाउन तल्लिन छन्् । प्रतिपक्षले आफू सत्तामा जाना नसकेकै कारण जसरी भएपनि सत्तापक्षलाई काम गर्न नदिने वातावरण निर्माण गर्दैछन्् । सत्तापक्षले सत्ता जोगाउनैका लागि विभिन्नखाले सहमती र सम्झौता पनि गरिरहेका छन्् । यसरी सत्तापक्षले जस्तो काम गरे पनि प्रतिपक्षका लागि नराम्रो भईरहेको छ भने सत्ता पक्षले आफूले गरेका कमी कमजोरीलाई पनि राम्रै गरेको भनेर प्रचार गरिरहेका छन् ।

अहिले सवै मिलेर देश निर्माण गर्ने समय हो । राजनीति गर्ने भनेको निर्वाचनको समयमा मात्रै हो । तर हर दिन हर रात सत्ता र कुर्सिका लागि राजनीति चलिनै रहेको छ । आफूले पनि केहि गर्न नसक्ने र अरुले गरेको पनि सहन नसक्ने प्रवृत्ति बढेको छ । बाँदरले आफ््नो घर पनि बनाउदैन र अरुलाई पनि घर बनाउन दिदैन भनेजस्तो अवस्था अहिले आएको  छ ।

उत्ता ऐतिहासिक परिवर्तनलाई स्थायी गर्नुपर्ने जिम्मेवारी आएको भएता पनि कतै प्रदेशको नामै राख्न सकेको अवस्था छैन त कतै आ–आफ््नो पहिचान रहने गरि प्रादेशिक नाम राख्नुप¥यो भनेर बखेडा झिक्ने काम भईरहेको छ । राम्रो काम गर्ने हो भने पहिचान त त्यसै भैहाल्छ । अब जातिय र साम्प्रदायिक पहिचान खोजेर मुलुकमा विद्रोह र विखण्डनको  अवस्था ल्याउनु मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था हुँदै गएको छ ।

यी सवै गतिविधि सत्ताकै खेलको रुपमा बुझ््न सकिन्छ । मिलेर बसेको समुदायलाई जाति, धर्म, संस्कृति र संस्कारमा विभाजित गरेर देशलाई कमजोर बनाउने रणनीतिअनुसार यी गतिविधि भईरहेका छन्् । यहाँ जातिय र धार्मिक पहिचानका नाममा जनतालाई लडाएर नेपालको जल, जंगल र अन्य प्राकृतिक श्रोतमाथि आफ््नो अधिकार जमाउन भारत लागि परेको छ भने नेपालीहरुलाई धार्मिक र जातिय रुपमा विभाजन गरेर कमजोर नेपाल बनाउने विदेशि रणनीति अनुसार विभिन्न गतिविधिहरु बढेका छन् ।

मुलुकमा अहिले तानाशाह वा निरंकुश व्यवस्था छैन । सत्ता प्राप्तिको बाटो भनेको लोकप्रियता र प्रतिश्पर्धा नै हो, तर युद्ध गरेर नै सत्ता प्राप्त गर्छौ भन्ने मानसिकताले मुलुक बर्बातिर गईरहेको छ । आफू पनि उभो नलाग्ने र जनतालाई पनि उभो लाग्न नदिने खेल खेल्नेहरुबाट मुलुक झनै बर्बादितिर गईरहेको छ । हिजो राजा नै विकासको बाधक भनिएको थियो, तर आज राजा छैनन््, गाउँ गाउँमा राजनैतिक दलका कार्यकर्ता छन््, मुलुक कब्जा गर्न ति सवैलाई कब्जा गर्नुपर्ने हुन्छ । त्यो असम्भव नै छ । सेना, प्रहरी, राजनैतिक दलका कार्यकर्ता सवैलाई कब्जा गर्ने रणनीति सम्भवै हुदैन । यो असम्भव प्रयास गरेर मुलुक वर्वाद गर्ने काममा कोहि पनि लाग्नु उचित छैन ।

अवको बाटो भनेको लोकप्रियता र प्रतिश्पर्धा नै हो । हत्याहिंसा, तोडफोड, बन्दुक र ससस्त्र युद्धले मुलुक बन्दै बन्दैन, त्यो कल्पना गर्नु नै मुर्खता हो । फेरी अर्को कुरा पहिलेको जसरी जनता कसैका लागि बन्दुक बोक्न र मर्न तयार छैनन्् । अतः केवल सत्ता र कुर्सी प्राप्तिका आन्दोलनले मुलुक वर्वादीतिर गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<