पहल कार्यक्रमले गर्दैछ पहल

सल्यान, ४ चैत्र ।

स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, दातृनिकायका प्रतिनिधि, पत्रकार लगायतको टोलिले शुक्रबार कालिमाटी गाउँपालिकाका केही क्षेत्रमा पहल कार्यक्रम अन्तर्गत भएका कामहरुको अनुगमन गरेको छ । दलित विकास समाज, सल्यानले सहजीकरण गरिरहेको पहल कार्यक्रम अन्तर्गत बन, वातावरण, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामहरुको अनुगमन गरेको हो ।

कार्यक्रम कार्यान्वयनको क्रममा गाउँपालिकासित समन्वय गर्दै काम गरेको र गाउँपालिकाले समेत केहि बजेट विनियोजन गरि कार्यान्वयन गरेका कारण गाउँपालिका समेतले अपनत्व बोध गरेको र कार्यक्रमको प्रभावकारीता देखिएको छ । कतिपय सरकारी कार्यक्रमले खुला रुपमा समीक्षा तथा अनुगमन गर्न नसकिरहेको अवस्थामा संस्थाले कार्यस्थलमै गएर भएगरेका कामहरु स्पष्ट देखाएको र लाभग्राहीहरुसंग प्रत्यक्ष सोध्ने मौका दिएको छ । जसले कार्यक्रमबारेमा लाभग्राहीहरुसंग समेत सरोकारवालाहरुलाई केहि बुझ््ने मौका दिएको छ ।

दीगो बन व्यवस्थापनका लागि पलट निर्माण गरी उपयोग गर्ने व्यवस्था, खालीक्षेत्रमा बृक्षारोपण, खानेपानीका मुहानहरुको संरक्षण लगाएतका क्रियाकलापमा समुदायलाई उत्प्रेरणा गरेको पाईएको छ । कार्यक्रम अन्तर्गत परिचालित सुशासन अधिकृत सन्तोष वि.क.ले समुदायमा रहेर इमान्दारपूर्वक काम गरिरहेको र नमुनायोग्य काम गर्न प्रयाश गरिरहेको बताएका छन्् । समुदायमा रहेर पारदर्शिता, जवाफदेहिता, जनलेखा परिक्षण, सार्वजनिक सुनुवाई र अन्तिम लेखापरीक्षण गराउनुपर्ने जस्ता कुराहरु सिकाउने गरेको उनले बताए ।

अनुगमनको क्रममा धनारी सामुदायिक वनको एउटा प्लट गोडमेल, काँटछाँट गरिएको र खाली जमिनमा बृक्षारोपण समेत गरेको पाईएको छ । कार्यक्रमले समुदायमा उत्प्रेरणा जगाएको सामुदायिक वन समूहका अध्यक्षले बताएका थिए ।

त्यस्तै गाउँपालिकादेखि नजिकै रहेको किचनखोलाको दलित बाहुल्य वस्तीमा यसअघि पिउने पानीको निकै समस्या भईरहेको र अहिले आएर घरघरमा सुविधा पुग्ने गरी १० वटा बालमैत्री धारा निर्माण गरिदिएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्् । साथै कार्यक्रममा संलग्न प्राविधिक महेश कुमार वलीले पानी परीक्षण गरिएको र पिउनयोग्य भएको बताए । त्यस्तै कार्यक्रमले गरिब समुदायमा आयआर्जन बढाउन भन्दै बाख्राका सुधारिएका खोरहरु बनाउन उत्प्रेरणा गरेको देखिएको छ । समुदायमा कतिपय सदस्यहरुले कार्यक्रमबारे स्पष्ट हुन नसकेको, बजेट कुन कुन निकायले कति दियो भनेर जानकारी नपाएको भन्ने केहि कुराहरु बारे गुनासो गरेता पनि अधिकांशले कार्यक्रमको प्रशंसा नै गरेका थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले पहलले राम्रो काम गरेको र अवका दिनमा पनि राम्रो काम गर्ने अपेक्षा गरेको बताएका थिए । त्यस्तै अध्यक्ष केसीले स्थानीय श्रोत साधनको अधिक्तम प्रयोग गर्न सक्नुपर्ने, जल, जंगल र जमिनको सहि सदुपयोग गर्दै समुदायले अधिक्तम लाभ लिन सक्नुपर्ने बताए । कार्यपालिका सदस्य र वडाध्यक्षहरुले आफ््नो कार्यक्षेत्रमा अँझै पनि  संघसंस्थाको सहयोग रहेको बताएका थिए । संस्थाका अध्यक्ष निम बहादुर नेपालीले विपन्न तथा दलित बस्तीहरुमा अँझै पनि पुग्ने योजना रहेको बताए ।

पहल कार्यक्रम बहु उदेश्यीय देखिएको भएता पनि विभिन्न क्षेत्रमा समुदायको हित र मागमा आधारित रहेर काम गरेको र जिल्लाको विकासमा निकै सकारात्मक पहल गरेको पाईएको  छ ।

प्रतिक्रिया दिनुहोस

<