सल्यानमा मातृ शिशु तथा बाल्यकालीनपोषण सम्बन्धी तालिम सुरु

 

 

     सल्यान, ३ चैत ।
सल्यानमा मातृ शिशु तथा बाल्यकालीनपोषण सम्वन्धी स्वास्थ्य संस्थाका प्रमूखहरुलाई तालिम सुरु भएको छ ।

नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाको अवधारणामा सुआहारा दोश्रो कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ । स्वास्थ्य सस्ंथामा कार्यरत कर्मचारीहरुमा मातृ शिशु तथाबाल्यकालीन पोषण सम्वन्धी ज्ञान सिप तथा क्षमताअभिबृद्धी गर्ने साथै महिला स्वास्थ्य स्वयंसेविका स्तरको तालिमको कार्य योजना तयार गर्ने उद्देश्यले तालिम शनिबार संचालन गरिएको हो ।

तालिममा पोषणको महत्व, बालवालिका पूर्ण पोषित वनाउन आवश्यक व्यवहारहरु, मातृ, शिशु तथा वाल्यकालिनपोषणका लागि सिफारिस गरिएका मुख्यव्यवहार, न्यूनपोषण चक्रतोड्नको लागि गर्नुपर्ने कार्यहरु, किशोरी पोषण तथा मातृ पोषण सम्वन्धी कुराहरुको जानकारी तालिममा गराउदै महिला स्वास्थ्य स्वयंसेविका स्तरको तालिम दिन सक्ने वनाउन सहयोग गर्ने तालिमाका प्रशिक्षक अनिल अधिकारीले जानकारी गराए ।

शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउपालिका स्वास्थ्य संयोजक, सहसंयोजक र उक्त पालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमूख र सो पालिकामा कार्यरत सुआहारा कार्यक्रममा फिल्ड सुपरभाईजर गरि ३० जनाको सहभागीता रहेको तालिमको उद्दघाटन समारोह स्वास्थ्यकार्यालयका प्रमूख रामबहादुर नेपालीको अध्यक्षता तथा सारदा नगरपालिकाका प्रमूख सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस

<