प्रधानमन्त्री ओली सर्वोच्चमा, पत्रकारलाई अदालतभित्र जान रोक

काठमाडौं, ६ फागुन ।

अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । त्यहाँ आफ्नो जबाफ पेस गरेर उनी बालुवाटार फर्किएका थिए ।

प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकारलाई अदालतभित्र जान दिइएको छैन।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

<