राम्रा सवारी साधन किन कवाडी बनाउने ?

सरकारको लापरबाहिका कारण देशभर हजारौं यातायातका साधनहरु कबाडी बनिरहेका छन् । बिग्रीएर पनि मर्मत नगर्दा कबाडी हुुने सवारी साधनहरु एकातिर छन् भने अर्कोतिर चोरीका वा भन्सार छलेर भित्र्याउन खोज्दा फेला पारेका गाडिहरु एकातिर छन् । यसरी नै दुवैथरी गाडिहरु वेवास्ता गरिएको छ । तर जसरी संकलन भएका वा राखिएका भएपनि समयमै तिनलाई व्यवस्थापन गर्न सकेमा राज्य र नागरिक दुवैलाई फाईदा हुन सक्छ ।

विशेष गरी चोरीका र अबैध मोटरसाइकलहरु धेरै थुुप्रिएको देख्न सकिन्छ । तिनीहरुको कुुनै वास्ता गरिएको छैन । घामपानी र धुुलोका कारण खिया लागेका र झन्डै काम नै नलाग्ने अवस्थामा ति बाईकहरु देख्न सकिन्छ । ति साधनहरु देख्दा जो कसैको मन पनि खिन्न बन्ने अवस्था छ । एउटा निश्चित समयपछि विधिपूर्वक लिलाम वा अन्य केही व्यवस्थापन गर्न सके तिनीहरुको सदुपयोग हुुन सक्दथ्यो । देशभर त्यस्ता हजारौं सवारी छन् । तिनीहरुबाट राज्यले करोडौं कर असुली गर्न सक्दथ्यो ।

मोटरसाईकल र स्कुुटर मात्रै होइन, ठूूला सरकारी कार्यालयहरुमा नयाँ नयाँ गाडिहरु किनिसकेपछि पुुरानोलाई बेवास्ता गर्ने गरिएको देख्न सकिन्छ । निकै पुुरानो गाडिहरु कवाडीकै रुपमा थन्काय पनि सामान्य मर्मत गरेर प्रयोग गर्न सकिने गाडीहरु पनि कवाडिकै रुपमा थन्किएका समाचारहरु आईरहेका छन् । यदि प्रयोगमा ल्याउन सकिन्छ भने किन खेर जाना दिने, नागरिकहरुले प्रश्न गरिरहेका छन् ।

सरकारी सम्पत्ति भनेपछि जताततै व्यवास्ता गर्ने जुुन प्रचलन छ, यसलाई अन्त्य गर्न जरुरी छ । तल्लो स्तरमा मात्रै होइन, सरकारी सम्पत्ति भनेपछि माथिल्लो स्तरमा अँझ बढी दुुरुपयोग भईरहेको छ ।

अधिकार प्राप्त व्यक्तिहरु कानमा तेल हालेर बस्दा देशैभर राज्यको सम्पत्ति खेर गईरहेको छ । आज मन्त्रालय, विभाग, भन्सार र ट्राफिक कार्यालयहरु नजिकै विभिन्न सवारी साधनहरु लामो समय थुुपार्ने र काम नलाग्ने अवस्थामा पुुगेपछि लिलाम विक्री समेत नहुने अवस्थामा बल्ल बल्ल सरकारी आँखा खुुल्नुुले राज्यको अरबौंको सम्पत्ति खेर गईरहेको देख्न सकिन्छ ।

यसर्थ राज्यका आधिकारीक निकाय र पदाधिकारीहरुले यस्ता कुुराहरुमा बेलैमा ध्यान दिएर राज्यको सम्पत्ति संरक्षण गर्न जरुरी छ । जिम्मेवार निकाय र तहमा बस्ने कोहि पनि गैरजिम्मेवार बन्न उचित हुदैन ।

प्रतिक्रिया दिनुहोस