सल्यानको कपुरकोटमा घाइते अवस्थामा उद्घार गरिएका रतुवालाइ जंगलमा छाडियो

सल्यान, ६ फाल्गुन ।
सल्यानको कपुरकोटमा उद्धार गरिएका दुई वटा राते (रतुवा) लाई जंगलमा छाडिएको छ । मंगलबार कपुरकोट ३ को मुलाबारी सामुदायिक बनमा स्थानिय जनप्रतिनिधी, प्रहरी, वन कार्याकयका प्रतिनिधि, पत्रकार लगाएतको रोहबरमा जंगलमा छाडिएको हो ।

कपुरकोट ३ चोरखोलामा घाईते अवस्थाको एउटा रतुवाको सोमबार उद्धार गरिएको सव डिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ ।

कपुरकोट ३ कै कालिका माविको कक्षा कोठामा प्रवेश गरेको अर्काे एक रतुवालाई पनि सकुशल उद्धार गरिएको थियो। प्रहरी चौकी कपुरकोट र वन कार्यालयका कर्मचारीहरुले रतुवाको उद्धार गरेको सहायक वन अधिकृत सुशिल सुवेदीले जानकारि दिए ।

घाइते रतुवाको पछाडीको दुबै खुट्टा र मुखमा चोट लागेको थियो । घाइते रतुवाको पशु सेवा शाखा कपुरकोटमा उपचार गरिएको र उक्त रतुवा सहित दुबै रतुवालाइ जंगलमा छाडिएको वन रक्षक डिल बहादुर बुढाथोकीले जानकारि दिए ।

शिकार गर्ने कुनै व्यक्ति वा समूहले रतुवालाई घाइते बनाएको हुन सक्ने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<