दुई वर्षमा सल्यानका सबै ठाउँमा बत्ति बलि सक्छ ः पूर्व मन्त्री बस्नेत

सल्यान, ६ फाल्गुन ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ नाम्रमा विधुत बत्ति उद्घाटन गरिएको छ । पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले विधुत स्वीच अन हो । उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले अबको दुई वर्षमा सल्यानको सबै ठाउँमा बत्ति बलि सक्ने र नाम्रमा आएर पहिला खाएको बाचा कसम पूरा गरेको बताउनु बताउनु भएको छ ।

आफू जनताको भावना बुझ्न विकासका बाचा पूरा गर्दै गाउँगाउँ जाने गरेको बताउनु भयो । आफू विगतमा व्यवस्था परिवर्तन गर्न लागेको र अहिके विकास बाड्दै हिडेको उहाँले जानकारी दिनुभयो । अझै विकासको लागि धेरै काम बाँकी रहेको र आफ्नो कर्यकाल भित्र सल्यान जिल्ला भरिमा रिङ्गरोड बनाउने उहाँले बताउनुभएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले लामो प्रतीक्षा पछि बिधुत बत्ती बाल्न पाएको र चुनावमा गरेको प्रतिवद्धदा पूरा गरेको बताउनुभयो । अन्य विकास भएको बिधुत आएको र अब लिफ्टबाट सिचाइको लागि पहल गर्ने नगर प्रमुख पुनले बताउनु भयो ।

११ हजार केभि भोल्टेजको तार नाम्र हुँदै बामे लाग्ने र त्यसको सावधानी गर्न र त्यसबाट हुँने क्षेतिको बारे जानकारी गराउँनु भएको छ । यसलाई कृषिको पकेट क्षेत्रको लागि अनुशासन गरेको र नाम्रालाइ प्याजको पकेट क्षेत्र बनाउन लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । जनताको साथ विना कुनै पनि विकास गर्न नसकिने बताउनु भएको छ । उप–प्रमुख मञ्जु यरिले बत्ती बाल्ने मात्र ठूलो कुरा नभएर यसको सावाधानी अपनाउन आग्रह गर्नुभएको छ ।

नेकपा कर्णाली प्रदेश सदस्य किर्ती बहादुर पुन नेकपा जिल्ला सदस्य जनक घर्ती, नेकपा बनगाड कुपिण्डे नगर सचिव गञ्जमान बुढा विधुत कार्यालय सल्लीबजारका प्रमुख लोकमान शाक्य लगाएको उपस्तिथि रहेको थियो ।

विधुत बत्ती नाम्रमा बले सङ्गै अब उक्त टोलका ५६ घरधुरी तथा ३८० जना लाभान्वित हुने छन भने, भेरी नदिको धमिलो खानेपानी खादै आएका नाम्रा बासी ६ महिना पहिले देखि घरघरमा खानेपानीको धारा प्रयोग गर्दै आएका छन । केही समयमा अगाडि भेरी नदिमा झोलुङ्गे पुल शिलान्यास भएको छ ।

प्रतिक्रिया दिनुहोस

<