सल्यान, ५ पुस ।
सल्यानमा मतदाताहरुको संख्या १ लाख ४१ हजार २ सय २० पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार गएको तीन वर्षको अवधिमा मतदाताहरुको संख्या ७ हजार ७ बढेको हो ।
२०७४ सालको निर्वाचनमा १ लाख ३४ हजार २ सय १३ रहेकोमा अहिले १ लाख ४१ हजार २ सय २० पुगेको निवार्चन अधिकृत मधुकर कुमार साहले जानकारी दिए ।
अहिले सरकाले मध्याबधी निर्वाचनको लागि २०७८ साल बैशाख १७ र २७ गते सम्पन्न गर्ने गरी मिति तोकिसकेकाले जिल्लामा पनि आवश्यक कार्यक्रमहरु अगाडी बढाइएको समेत उनले बताए ।
उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा संचालन गर्नका लागि ५ वटा मतदान केन्द्र थपेर १ सय ८५ वटा मतदान केन्द्र बनाईएको छ ।
प्रतिक्रिया दिनुहोस