थपिदैछ, जिल्ला अस्पताल सल्यानलाई सहयोग, नेता राजेन्द्रबीर राइले पनि पठाए स्वास्थ्य सामग्री

सल्यान, ३ जेष्ठ ।

कोरोना महामारीले संकट निम्त्याउदै जाना थालेपछि सहयोगी दाताहरु पनि सक्रिय बन्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्रबिर राईले आफूू जिल्ला बाहिरै रहेपनि जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री पठाएर सहयोग गरेका छन् ।


सल्यान जिल्लामा फैलदो कोरोना भाइरस (कोभिड –१९ ) को महामारीलाई ध्यानमा राखी उनले जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर, स्वस्थ्यकर्मी तथा संक्रमितलाई आवस्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । पाटीका पूर्ब केन्द्रीय सह– महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहेका राईले जिल्ला अस्पताल सल्यानका डाक्टरहरूको परामर्शमा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताएका छन् ।
उनले जिल्लामा अक्सिजनको अभावलाई मध्यनजर गर्दै २० थान सिलिन्डर अक्सिजन पठाउन चाहेपनी बजारमा उपलब्ध हुन नसकेकोले पठाउन नसकिएको बताए । राईले आगामी दिनमा अक्सिजन अभाव भए आफुले उपलब्ध गराउने बताएका छन् । सल्यान खलंगा बयालडाँडामा जन्मिई नेपालगन्जलाई कर्मथलो बनाउँदै आएका नेता राईले अस्पताललाई १० हजार थान सर्जिकल माक्स, १ हजार जोडी सर्जिकल ग्लोब्स, २० थान अक्सिमिटर, १० थान इन्फ्रारेड थर्मल गन, २० थान डिजिटल थर्मामिटर, २० लिटर सेनिटाइजर र ५० थान फेस सिल्ड सहयोग गरेका हुन् ।
आइतबार उनले पठाएको उक्त स्वास्थ्य सामाग्री राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला विपत व्यवस्थापन समितिका संयोजक’ पाट्रीका केन्द्रीय सदस्य वडा नम्बर ३ का जनप्रतिनिधि महिला वडा सदस्य इन्द्रा भण्डारी , प्रबक्ता तथा युबा मोर्चाका केन्द्रीय सदस्य बिमर्श प्रधान , सह प्रबक्ता तथा युबा मोर्चाको अध्यक्ष अन्जीत श्रेष्ठ लगाएतले जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का महिला वडा सदस्य शिवा केसी, लगाएत पाटीका अन्य कार्यकर्ताहरु मधुदास श्रेष्ठ, टोपेन्द्र वली, संजय सिहँ, बिकेन्द्र भडेल, सुबोजित श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
पछिल्लो समय सल्यानमा पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुले सहयोग गर्न थालेका छन् । व्यक्तिगत तथा समूूहगत रुपमा सहयोग जुुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस