सल्यानमा अक्सिजन प्लान्ट भनेर अक्जिन कन्सन्ट्रेटर जडान, व्यापक आलोचना हुन थालेपछि छानविन प्रक्रियामा

सल्यान, ३ जेष्ठ ।

बढ्दो महामारी र स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सरकारले विभिन्न जिल्ला र स्वास्थ्य कार्यालयहरुमा अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामग्री जडान गर्ने नीति र कार्यक्रम ल्यायो । सोहि बमोजिम विभिन्न जिल्लाहरुमा उक्त कार्यको प्रक्रिया अगाडि बढ्यो । त्यसै सन्दर्भमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय सल्यानले २०७७ पौष १३ गते ७ दिनको म्याद राखेर एक सूूचना प्रकाशन गरेको थियो । सुूचना अनुुसार तीन वटा सप्लायर्सहरुले क्याटलग –(दररेट) पेश गरेको कार्यालयले बताएको छ । जसमध्ये नेपटेक मेडिटेक प्रा.लि. काठमाडौं, कर्णाली मेडिमेयर नेपालगंज र ड्रयागन मेडिटेक सूूर्खेत रहेका छन् । तीनीहरुमध्ये सूूर्खेतको कबोल अंक ३८ लाख ९९ हजार (भ्याटसहित) स्वीकृत भएको लेखा प्रमुुख लव विक्रम शाहीले बताएका छन् । टेन्डर स्वीकृत भएर सामान आईपुुगेको २ हप्तापछि बल्ल उक्त मेसिन जडान भएको हो । जडानपश्चात नगरप्रमुुख सुुरेश अधिकारी र प्रमुुख जिल्ला अधिकारी लक्ष्मिदेवी होमागाईबाट उद्घाटन समेत गरियो । मेशिन जडान पश्चात मेशिनबारे चासो बढ्दै गयो । माग बमोजिमको मेशिन नभएको –(अक्सिजन प्लान्ट नभै अक्सिजन कन्सन्ट्रेटर भएको ) भन्दै सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भयो । उता मेशिन खरिद र जडानमा लाखौं अनियमितता भएको भनेर जिल्ला प्रशासनमा उजुुरी परेपछि स्वास्थ्य कार्यालयका कर्मचारीहरु बोलाएर जिल्ला प्रशासनले बैठक आयोजना गर्यो । बैठकमा स्वास्थ्य कार्यालयका प्रमुुख दशरथ श्रेष्ठले आफूूलाई प्राविधिक ज्ञान नभएको र कतै अनियमितता भएको भए छानविनमा आफूूले पनि सघाउने बताए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र
एकजना बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन ।
विषय अँझै सेलाएको छैन । जिम्मेवार व्यक्ति र निकायले सम्बन्धित प्राविधिक वा ज्ञाताहरुसंग स्पष्ट जानकारी लिन सक्नुुपर्ने भनाई सरोकारवालाहरुको छ । त्यस्तै एउटा कम्पनीले जिम्मा पाएको कामको अर्कै कम्पनीको प्राविधिक आएर जडान गरेको भन्दै सरोकारवालाहरुले यसमा पनि मिलेमतोको आशंका गरेका छन् ।
उता अस्पताल व्यवस्थापन समिति अध्यक्ष सिपी ओलीले आफूूलाई मेशिन खरिद प्रक्रियादेखि जडानसम्मै पनि जानकारी नरहेको बताउदै यस कार्यमा कतै गलत क्रियाकलाप भेटिय हदैसम्मको कारबाही गर्नुुपर्ने बताएका छन् ।यस्तो महामारीको समयमा पनि स्वास्थ्य क्षेत्रमा यति धेरै लापरबाही र गैरजिम्मेवार बन्नुु राम्रो नभएको भन्दै विभिन्न क्षेत्रबाट दोषिमाथि छानविन गरी आवश्यक कारबाही गरिनुुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस