लकडाउन २० जेठसम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

 

आइतवार, जेष्ठ ४, २०७७

काठमाडौं ।

सरकारले जारी लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि जारी लकडाउनको अवधि सोमबार मध्यरातिदेखि समाप्त हुँदैछ ।

आइतबारै बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।

yeskathmandu

 

प्रतिक्रिया दिनुहोस

<