कुमाख गाउँपालिकाका विद्यालयको झण्डै २ महिनापछि नतिजा प्रकाशन, भर्ना र पठनपाठन बन्द

जेठ ४, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाका विद्यालयले २ महिनापछि नतिजा सार्वजनिक गरेका छन ।
गाउँपालिकाले अइतबार नतिजा प्रकाशनका लागि निर्देशन गरेअनुसार उनिहरूले कक्षा १० सम्मको नतिजा प्रकाशन गरेका हुन । शैक्षिक संस्था बन्द भएको अवस्थामा सामाजिक संजालबाट नतिजा प्रकाशन गरेको जनता मावि रागेचारका प्रधानाध्यापक नोख बहादुर गोसाइले जानकारी दिए ।
विद्यार्थीको नतिजाका बारेमा शिक्षकहरूसंग सम्पर्क गरेर जान्न सकिनुका साथै सामाजिक संजालमा पनि हेर्न सकिन्छ । लकडाउनका कारण विद्यार्थी भर्ना तथा कक्षा संचालन हुन नसक्ने भन्दै विद्यार्थीलाइ घरमा नै स्वअध्यन गर्न र अविभावकलाइ सिकाइ प्रकृयामा सहयोग गर्न भनिएको छ ।

त्यस्तै इन्टरनेट हुनेहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका सामाग्री वेवसाइडमा अध्ययन गर्न पनि भनिएको छ ।
कोरोना विपतका कारण नतिजा प्रकाशन ढिलाइ भएको भन्दै केहिदिन अघि गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले जेठको ४ गते अाईतबारका दिन नतिजा प्रकाशन गर्न निर्देशन गरेकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस

<