बनगाडको क्वारेन्टाइन २० जना 

इन्द्र बुढाथोकी
३ जेष्ठ, सल्यान ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा १३ जना थपिएका छन् । हिजो र आज मात्र १३ जना आएको र केही दिन अगाडि ७ जना क्वारेन्टाइनमा रहेका छन । क्वारेन्टाइन नगरपालिका भित्रका भारतबाट आएका १२ जना, र काठमाडौ६ जना, बारा बाट २ जना गरि अहिले २० जना नगरपालिकाले बनाएको श्री प्रभाकर माबिमा रहेको क्वारेन्टाइन रहेका नगर उप प्रमुख तथा क्वारेन्टाइन व्यवस्थापन समिति सयोजक मन्जु यरिले जानकारी दिनु भएको छ । केही समय अगाडि क्वारेन्टाइन रहेका ६४ जनालाई स्वास्थ्य परिक्षण पछि घर पठाएको उहाले बताउनु भएको छ ।
। छिमेकी देश भारत तथा विभिन्न ठाउबाट आएकोलाइ क्वारेन्टाइनमा राख्नको लागि बनगाड कुपिण्डे नगरपालिका वडा न ६ सुनौली बजारमा रहेको बनगाड क्याम्पस र बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा रहेको नव ज्योती मावी बाबियाचौरमा बनगाउने तयारी गरिएको सयोजक यरिले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

<