सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेन सल्यानलाई

जेठ ३, २०७७ सल्यान 
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७/०७७ को नीति तथा कार्यक्रममा सल्यानलाई सम्बोधन गर्न नसकेको गुनासो गरिएको छ । नीति तथा कार्यक्रममा सल्यानको कुनै पनि एक विषयलाई सम्बोधन गर्न नसकेको भन्दै राजनीतिक दल, नागरिक अगुवाहरुले गुनासो गरेका छन् ।

सरकारको नीति कार्यक्रममा समाबेस गर्नु पर्ने सल्यानका थुप्रै विषय भएपनि राजनीतिक पहुँचको कमीले सम्बोधन हुन नसनेको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउने बताए ।

मखलामको चुनढुंगा,कालिमाटीको जलाशययुक्त जलविद्युत आयोजना लगायतका विषयलाई नीति तथा कार्यक्रममा सम्बोधन गर्नु पर्ने उनले बताए । सल्यानका राजनीतिक दलहरुको माथिसम्म पहुँच नहुँदा सल्यान सधै पछि परी रहेको चलाउनेले बताए ।

कोरोना भाइरसका कारण विश्वभर आर्थिक मन्दी भइरहेको अवस्थामा जति महत्वकांक्षी कार्यक्रम ल्याए पनि कार्यन्वयनमा चुनौती रहेको नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले बताए । सरकारको नीति कार्यक्रममा कृषिलाई जोड दिनु पर्ने भएपनि ठोस कार्यक्रम बनाउन नसकेको बताए ।

सरकारको नीति कार्यक्रम हामी सबैको हो भन्ने भाव दिन नसकेको नागरिक अगुवा हरिचन्द्र शर्माले बताए । ग्रामिण जिल्लाको भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताए ।

विगतका झै यो वर्ष पनि सल्यानका विषयमा नीति तथा कार्यक्रम नपर्नुमा आश्चार्य मान्नु पर्ने विषय नभएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । विगतमा कहिले सम्बोधन भएको थियो यो वर्ष आउछ की भन्ने आश मान्नु उनले प्रतिप्रश्न गरे ।

salyankhabar.com

प्रतिक्रिया दिनुहोस

<