आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदै

आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदै

 

आइतवार, जेष्ठ ४, २०७७

 

काठमाडौं। संघिय संसदको दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो।

दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्नेसमेत कार्यसूची छ।

 

प्रतिक्रिया दिनुहोस

<