भद्रकाली मन्दिरभित्र भद्रकालीको मुर्ति हस्तान्तरण

 

      सल्यान, ३ ज्येष्ठ ।
शा.न.पा १३ लेखटाकुरा सल्यानमा बिहीबार एक कार्यक्रमकाबिच भद्रकाली मन्दिरभित्र भद्रकालीको मुर्ति हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ ।

स्थानीय समाजसेवी गणेश कवर मगर, दिपा कवरमगर उक्त मुर्ति हस्तान्तरण गरेका हुन । शालिकराम कवरमगरको सक्रियतामा उक्त मुर्ति हस्तान्तरण भएको हो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बालाराम कवरमगरको सभापतित्वमा भएको कार्यक्रममा खिम लाल कवर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि शा.न.पा.का उपमेयर साबित्रा बस्नेत थिइन् ।

कार्यक्रममा बोल्दै उपमेयर साबित्रा बस्नेतले मन्दिरको संरक्षण गर्नु सबैको दायित्व भएको समेत बताइन ।

अतिथिहरु तुल्सिराम रावत, जङ्ग बहादुर बुढामगर, निम ओली आदि उपस्थिति भएका थिए । कार्यक्रमको सहजीकरण नारायण शर्माले र संचालन हेमराज बस्नेत गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस

<