प्रधानमन्त्री ओलीद्वारा अन्तर्रा्ष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन

 

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्रा्ष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को शुक्रबार उद्घाटन गरेका छन् ।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताए ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने पनि बताए ।

‘यो सबैका लागि आवश्यक तर, ओझेलमा परेको क्षेत्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

<