कुमाख, सिद्धकुमाख र छत्रेश्वरीमा ¥यापिड टेष्ट सम्पन्न

वैसाख ५, सल्यान ।शुक्रबार सल्यानका ३ स्थानीय तहमा ¥यापिड टेष्टमा सबैको रिपोर्ट निगेटिभ देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले जारी गरेको सूचना बमोजिम कुमाख, सिद्धकुमाख र छत्रेश्वरी गाउँपालिकामा अज ¥यापिड टेष्टको परिक्षण गरिएको थियो । कुमाखका ११३, सिद्धकुमाखका ५१ र छत्रेश्वरीका  ६८ जनाको ¥यापिड टेष्टबाट सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

यसभन्दा अघि तीन वटा स्थानीय तहमा २६२ जनाको र्यापिड टेष्ट गरी सकिएको छ ।
स्वास्थ्य आपतकालीन कार्य सन्चालन केन्द्रद्धारा निर्धारण गरिएको मापदण्ड अनुसार ¥यापिड टेष्ट गरिएको हो । ¥यापिड टेष्टको लागि गाउँपालिकमा पुगेका स्वास्थ्यकर्मीहरुको परीक्षण भएपछि गाउँपालिमा अन्यको परीक्षण सुरु गरिएको थियो ।

मापदण्डमा चैत्र महिना भित्र विदेशबाट आएका, संक्रमितको सम्पर्कमा आएका वा लक्षण देखिएका, १४ दिन भन्दा बढी क्वारेन्टाईनमा बसेका, कोभिड १९ नियन्त्रण तथा निदानमा खटिएका स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीहरुको ¥यापिड टेष्ट गराउनुपर्ने भनी उल्लेख गरिएको छ ।
विहिबार दार्मा, कपुरकोट र त्रिवेणी गाउँपालिकामा टेष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

<