नैतिक शिक्षामा प्रहार

narad pokharel

 ०३ बैशाख २०७७

वि भीमनिधि तिवारीले कवितामार्फत् भनेका छन्- ‘दाम त्यति भए पुग्छ आज खान पुगे पुग्छ, नाम त्यति भए पुग्छ श्रीमतीले चिने पुग्छ’ अनैतिक तबरबाट भित्रिएको धन र नामको अर्थ छैन। जसरी आयो त्यसैगरी रित्तिान्छ। आशक्तिले मानिसको भलो गर्दैन। यही सन्देश दिएको तिवारीको कविताले। आज नेपाली राजनीतिले त्यो वास्ताविकतालाई आत्मासात गरेन। यहाँ अभिनयको पर्दा पटक पटक उघारिए। त्यसैलाई जनताले विश्वास पनि गरे। यथार्थमा त्यो सत्य थिएन। यहाँ राजनीति गर्नेहरू जनप्रतिनिधि कहिल्यै हुन सकेनन्। राजनीति रंगमञ्चका अब्बल पात्र मात्र ठहरिए। त्यही कलाकारिताले सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिा विकास भयो। जसको परिणाम राजनीतिमा भ्रष्टाचार मौलायो। लोभ र अहंकारले उनीहरूलाई यो अवस्थामा पुर्‍याएको छ। सत्ताको नसा मद्यपानको भन्दा खतरनाक देखियो। आँखाअगाडि मुत्यु नाचिरहेको छ, त्यो देख्दा पनि जनताको लासमा कमिसन साटिएको समाचार बाहिरिन्छ।

कोरोनाले सर्वत्र गाँजिसक्यो। आज विश्व त्यसैबाट आक्रान्त छ। यहाँ पनि कोरोना भाइरसका कारण सम्पूर्ण देशवासी बन्धक छन्। यति ठूलो विपत् आइलाग्दा मेडिकल सामग्री खरिद प्रक्रियामा समेत भ्रष्टाचारको समाचार बाहिरिएको छ। मानवीय संवेदनाको समेत ख्याल नगरी त्यस्तो घृणित क्रियाकलापमा जिम्मेवार व्यक्तिकै संलग्नता छरपष्ट भयो। यस्तो विषम परिस्थितिमा सरकार अझ बढी संवेदनशील हुनुपर्नेमा कसरी त्यस्तो निकृष्ट कार्य गर्न सकेको ? के यो लोकतान्त्रिक सरकार होइन ? लोकतन्त्रमा शासकमाथि प्रश्न उठेपछि त्यसको निरूपण हुनुपर्छ। यसैलाई नागरिक शासन भनिन्छ। भ्रष्टाचारी जो भए पनि उसले दण्डको भागी बन्नैपर्छ। भ्रष्टलाई कारबाही गर्न कसले रोकेको छ ? विडम्बना, यस्ता प्रश्नको उत्तार हिजोका सत्ताले पनि दिएनन्। आज पनि अनुत्तारित नै रहने खतरा बढेको छ।

यी पात्र हिजो निरंकुशताविरुद्घको आन्दोलनमा जनताको घरआँगन चहार्थे। समाज परिवर्तनको अठोट लिन्थे। युवामा निष्ठा र आचरण सिकाउँथे। कोही कांग्रेस, कोही कम्युनिस्ट भए पनि उद्देश्य एउटै थियो प्रजातन्त्र प्राप्ति। जनविश्वास आर्जन गर्न सफल थिए यिनीहरू। भनिन्छ -‘निदाएकालाई बिउँझाउन सजिलो हुन्छ, निदाएको अभिनय गर्नेसँग केही लाग्दैन।’ यहाँसम्म आइपुग्दा राजनीतिका पात्र निदाएको अभिनय गर्न खरोरूपमा उत्रिएका छन्।

मानिस प्राणीमध्येमै श्रेष्ठ मानिन्छ। राम्रो नराम्रो पर्गेल्ने क्षमता भएकाले नै उसले आफूलाई उच्चकोटीमा राखेको हो। संसारलाई सत्यको बाटो देखाउनकै लागि यदाकदा केही महापुरुषको धर्तीमा जन्म हुन्छ। उनीहरूको मार्गदर्शनले मानिसलाई सही मार्ग अवलम्बन गर्न प्रेरणा दिन्छ। यहाँ पनि त्यस्ता निष्ठाका प्रतिमूर्ति पैदा भएकै हुन्। सिद्घार्थ गौतमले संसारलाई ज्ञानको उज्यालो दिए। धर्तीको कुनाकुनासम्म ब्रिटिस साम्राज्यको आधिपत्य हुँदा पृथ्वीनारायणले नेपाली पहिचान विश्वसामु दिलाए। आज बुद्घको मार्ग अपनाउन छोडियो। मौलिकताको संरक्षण गर्नेलाई पुरातनवादी भनिएको छ। ज्ञान प्राप्त गर्न आद्यात्मिक अध्ययन र चिन्तनको आवश्यकता पर्छ।

भ्रष्ट र नैतिकहीन व्यक्ति बाहिर बलवान देखिए पनि भित्र खोक्रो हुन्छ। आज तिनै खोक्रा पात्रले राजनीतिलाई विपरीत दिशातर्फ लैजाँदैछन्।

आधुनिक शिक्षामा जतिसुकै पारंगत भए पनि नैतिक शिक्षाको ज्ञान हुनुपर्छ। अन्यथा त्यसले पूर्णता पाउँदैन। त्यसैले विद्यालयदेखि हाम्रो मूल्यमान्यताअनुरूपको शिक्षा दिनुपर्छ तर आज नैतिक शिक्षा पाठयक्रमबाट हटाइएको छ। फलस्वरूप विदेशी संस्कृतितर्फ युवा आकर्षण बढ्दो छ। यसो हुनुमा उन्नत समाज निमार्णको डिङ हाक्नेहरू नै ढोंगी भए। निहित स्वार्थ खातिर परधर्मको पक्षपोषण गर्ने द्रब्यलम्पट देखिए। के त्यस्ता नकच्चरा पात्रबाट उत्पादित शिष्यले कस्तो ज्ञान प्राप्त गर्लान् ? सहजै आंकलन गर्न सकिन्छ, आज नेपाली समाजलाई तिनै द्रव्यलम्पटहरूको वरिपरि घुमाइएको छ। त्यसरी नै विगत डेढ दशकदेखि एकपछि अर्को भाँडभैलो मच्चिरहेको छ।

भ्रष्ट र नैतिकहीन व्यक्ति बाहिर बलवान देखिए पनि भित्र खोक्रो हुन्छ। आज तिनै कमजोर पात्रले राजनीतिलाई विपरीत दिशातर्फ लैजाँदैछन्। कहाँ पुगेर भड्खालोमा हुत्याउने हुन् पत्ताो छैन। त्यसरी जबर्जस्ती घिसारेको राजनीतिले मुलुक बन्छ भन्नु कोरा कल्पना मात्र हो। एकपटकको गुणी व्यक्ति सधैं असल हुन्छ भन्ने हुँदैन। रावण पनि जीवनको प्रारम्भमा सद्गुणी र परोपकारी थियो। जब सत्ता र शक्ति प्राप्त भयो तब उसले असल र खराबमा फरक देखेन। ऊ सत्ताको नसाले मात्तिन थाल्यो। कुनै समय संस्कारिक थियो भन्दैमा इतिहासले रावणलाई रामको दर्जा दिने छैन। नेपाली राजनीतिको धरातलीय यथार्थ यही हो।

देखिने भन्दा नदेखिने शत्रु खतरनाक हुन्छ। नदेखिएकाले कोरोना भाइरस यति छिटो संसारमा फैलियो। जसले मानव अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने सन्देह उत्पन्न भएको छ। यो महामारीबाट पार पाउन मानिसले आफ्नो जीवन पद्घतिमा परिवर्तन गर्नु जरुरी देखियो। अनुशासनपूर्ण जीवनशैली र परि श्रमद्वारा उत्पादित आहार नै यसको मुख्य रोकथाम हो। जसको पुष्टि कोरोना संक्रमण र त्यसबाट मृत्यु भएको आँकडाले सिद्घ गरिदिएको छ। शत्रु परास्त गर्न शस्त्रको दम्भले मात्र हुँदैन। त्यहाँ ज्ञान र विवेक पनि चाहिन्छ। शुद्घ खानपान र प्राकृतिक औषधिमुलोतर्फ लगानी बढाउँदा मानव अस्तित्व दीर्घजीवी रहन्छ।

भ्रष्टाचार आजमात्र भएको होइन, यो भन्दा अगाडिको सत्ताले पनि चरम राज्यदोहन गरेको हो। भाग नभेट्नेले पहिला पनि विरोध गर्थे। अहिले पनि गर्दैछन्। गुलियो चाट्न पाएपछि विरोधका आवाज आफैं मथ्थर हुन्छन्। यस्तो हुनुमा नैतिक शिक्षाको अभाव नै प्रमुख कारण मानिन्छ। कोरोना भाइरसले गर्दा राष्ट्र झन्झन् आर्थिक संकटमा छ। यो अवस्थामा संक्रमण पैmलिन नदिन नागरिक थप अनुशासित र जिम्मेबार बन्नुपर्ने खाँचो छ। सरकारले पनि अझ बढी गम्भीर भई यो संकटको घडीमा जनतालाई यथासम्भव विश्वासमा लिनुपर्छ। जनमतको आडमा जनविश्वास गुमाउनु हँदैन। आज सरकारले भ्रष्टको समर्थन गर्दै जनविश्वास गुमाउँदैछ। पूर्वीय मान्यताअनुसार मानव कल्याणको काम गर्दा नजिक र पर भनी फरक गर्नुहुँदैन। खराब कार्यमा संलग्न जो भए पनि उसले दण्ड पाउनुपर्छ। यो मान्यतालाई राज्यसत्तामा हुनेले सहजरूपमा लिनुपर्छ।

 

annapurnapost

प्रतिक्रिया दिनुहोस

<