सहज बन्दै जनजीवन

पछिल्लो समय कोरोनाको डर कम हुुँदै गएको छ । त्यसमा पनि खोपको विकास भैसकेको अवस्थामा झनै आत्मविश्वास बढीरहेको छ । धेरै मानिसहरुले मास्कको प्रयोग समेत गर्न छोडिसकेका छन् । पछिल्लो समय प्रशासनले पनि त्यति कडा गरेको छैन । यसरी एकातिर कोरोनाबाट हुुने मृत्युुदरमा कमी र अर्कोतिर खोपको विकासका कारण अब कोरोनाको भय कम भैसकेको छ ।

कोरोना महामारीले करीब एक वर्ष विश्व मानब समुदायलाई नै हैरानी पार्यो । विश्वलाई आतंकित तुल्यायो । अर्थतन्त्रमा ठूलो गिरावट ल्यायो । नागरिकलाई घरभित्रै बन्धन बनायो । तर अब भने कोरोना आतंक कम हुँदै गएको छ । कोरोनाकाल अन्त्य हुने तर्खरमा छ । विश्वले कोरोनालाई बाइ–बाइ गर्न थालेका छन् । विगत दुइ महिनादेखि विश्वका अधिकांश देशमा कोरोना खोप अभियान सुरु भएको छ ।

नेपालमा पनि तीन हप्तादेखि कोरोना खोप अभियान तीब्र पारिएको छ । दुई हप्ताअघि पहिलो चरणको खोप अभियान सम्पन्न भए लगत्तै आइतबारदेखि पुनः दोस्रो चरणको खोप अभियान सुरु भएको छ । तर कर्णाली प्रदेशसहित देशभर अपेक्षित रुपमा अभियान सफल भएन । औषदमा अभियान सफल भए पनि तोकीएका सबै व्यक्तिले खोप लगाउन पाएनन् । प्रदेशमा ११ हजार सातसय ८० जनालाई खोप दिने तयारी भएपनि प्रदेशभर कुल नौँ हजार चारसय २० जनाले खोप लगाएका थिए ।

तर जे भएता पनि कोरोना महामारीको डर कम भएको छ । मानिसहरुले व्यापार व्यबशाय अघि बढाईरहेका छन् । शैक्षिक संस्थाहरु खुलेका छन् । राजनैतिक दलहरुका भेलाहरु पनि सुुरु भएका छन् । सीमा नाकाहरु खुकुलो बनेका छन् । हवाई यातायात सुुचारु भएको छ । यसर्थ एक वर्षपछि बल्ल बल्ल मानिसले सजिलो महशुुस गर्न थालेका छन् ।

तर अँझै पनि पूूर्ण रुपमा जनजीवन सहज बनिसकेको अवस्था भने छैन । नागरिकहरुले विभिन्न क्षेत्रमा गुमाएको रोजगारी पाएका छैनन् । विदेश जाने क्रम शुुुुुुुुुुरु भएपनि केही झन्झटहरु बाँकी नै छन् । स्वदेशमा खुुल्नुुपर्ने रोजगारीहरु खासै खुलेका छैनन् ।

सरकारी कामकाजले पनि गति लिएको छैन । धेरै मानिसहरुलाई अहिले पनि बैंक र वित्तिय संस्थाहरुबाट लिएको ऋण तिर्न धौ धौ भएको । यसरी नागरिकहरुको जनजीवन सहज बन्दै गएको भएपनि पूूर्ण रुपमा सहज बनिसकेको छैन ।

विभिन्न कठिनाईहरु अँझै बाँकी छन् ता पनि कोरोनको डर हटेको र सामुुदायिक गतिविधिहरु अगाडि बढिरहेकोले नागरिकहरुमा आत्मबल बढेको छ । महामारीबाट अस्तव्यस्त बनेको जनजीवन पूूर्ण रुपमा सहज बन्ने आशा पलाएको छ । बरु कतै राजनैतिक अस्थिरताले समस्या निम्त्याउछ कि भन्ने डर भने पलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस