विकासमा पहुँचको चलखेल हुदोँ रहिछ ः प्रदेशसभा सदस्य शाह

सल्यान ५, फाल्गुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं.१ को खारखेत माल्पे पाटी जिउला जोड्ने झोलुगें पुलको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारबाट विनियोजन वजेटको करिव २० लाख ७५ हजार वरावरको रकममा उक्त झोलुगें पुल वन्न लागेको हो । उक्त झोलुगें पुलको सोमबार शिलान्यास गर्दै कर्णाली प्रदेशसभा सदस्य गुलाव जंग शाहले विकासमा पहुँचको आवश्यकता वढि देखिने जनाउनु भएको छ ।

माल्पे, खरेखोला, वाग्चौर लगाएतका स्थानीय बनगाड खोलाको उक्त स्थानमा पुल नहुदा वर्षातको समयमा आवत जावत र खोला वारपार गर्न निकै समस्या हुने गरेको थियोे । शाहले स्थानीयलाई झोलुंगे पुल वनाउने वाचा गरे अनुरुप पुल परेको जनाउनु भयो । साथै सल्लि रुकुम चौहरजारी सडक खण्डमा १ अर्व रुपैयाँ विनियोजन भएको र अवको ढेड वर्षमा पिच हुने जनाउनु भएको छ । राम्रो गुणस्तरीय काम गर्नुहोस् विकास निर्माणकार्यमा पैसाको अभाव नहुने उहाँले भन्नुभयो ।

लिप्ट खानेपानी, सिचाइकुला र विद्युतिकरण लगाएतका क्षेत्रमा दीर्घकालीन योजना वनाइ काम भएको जनाउनु भएको छ । बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले नेकपा ३ तहका सरकारले पुस्तौंदेखि नभएको विकास गरेको जनाउनु भयो । ७० वर्ष सम्म नेपाली कांग्रेसले सरकार चलायो कहाँ वत्ति पुग्यो,कहाँ वाटो पुग्यो कहाँ के विकास भयो यसको लेखाजोखा गर्न आवश्यक रहेको औंल्याउनु भयो ।

नेकपा नेतृत्व सरकार वन्ने पछि वल्ल विकासले गति लिन थालेको उहाँको भनाइ छ । पुल शिलान्यास कार्यक्रममा नेकपा नगर अध्यक्ष कीर्तिवहादुर राना, जिल्ला कमिटी सदस्य दिपक यरि, समितिका अध्यक्ष डम्बर साहु र सहजिकरण नेकपा नगर कमिटी सचिव गञ्जमान वुढाले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

<