तेस्रो गजल महफिलको तयारी अन्तिम चरणमा

 

सल्यान, १ पौष ।

सल्यान कला साहित्य परिषद् सल्यानले तेस्रो गजल महफिलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सल्यानको बागचौर नगरपालिका क्षेत्रमा सञ्चालन गरिने उक्त कार्यक्रममा सहभागीताका लागि स्रष्टा र साहित्यप्रति रुचि राख्नेहरु आउने क्रम शुरु भैसकेको पनि आयोजकले जानकारी गराएका छन् । पुस ३ गते हुने महफिलका लागि आकर्षक गजलकारहरुको परिचय र संक्षिप्त पृष्ठभूमि करीब १० दिन पहिले नै सार्वजनिक गरिएको थियो ।


आयोजकले दिएको जानकारी अनुसार पौष २ गते दिउसो ३ बजेदेखि श्रष्टा रचना वाचन साँझ कार्यक्रम राखिएको छ । त्यस्तै ३ गते बिहाना ११ बजेदेखि गजल महफिल कार्यक्रम भव्य बनाउने तयारी भईरहेको आयोजक संस्थाका अध्यक्ष भरत रोकायले जानकारी दिएका छन् ।

 

उक्त कार्यक्रममा ‘कृति विमोचन, स्रष्टा सम्मान तथा प्रोत्साहनका कार्यक्रम पनि रहेको सल्यान कला साहित्यपरिषद् सल्यानका अध्यक्ष भरत रोकाय एक्सनले जानकारी दिएका छन् । महफिलमा राष्ट्रिय गजलकारहरु बाबू त्रिपाठी, हुकुम ‘धड्कन’, ऋषि सुदामा’ संगीता लगायतको उपस्थिति हुने बताइएको छ ।

त्यस्तै महफिलमा उपस्थितिका लागि परिषद परिवारले सबै साहित्य तथा कलाप्रेमिलाई पनि हार्दिक अनुरोध गरेको छ । युवाहरुको सक्रिय सहभागितामा यसअघि सल्यानको प्रमुुख व्यापारिक क्षेत्र श्रीनगरमा प्रथम गजल महफिल र सल्यानकै पश्चिम क्षेत्रको सवैभन्दा ठूूलो बजार सल्लीबजारमा दोस्रो गजल महफिल सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

समसामयीक परिवेशलाई जस्ताको तस्तै शब्दमा उतार्न सक्ने युवा गजलकारहरुले पछिल्लो समयमा सल्यानसंगै देशका विभिन्न क्षेत्रमा पनि गजल बाचन कार्यक्रम र विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय सवैका मनमा भिजेका लोकेश जलन, भरत रोकाय ‘एक्सन आर्सी’, तारादेश शर्मा, सुनिल राना विरही, जीवन जलन लगायत दर्जनौं युवाहरुले आफ्ना रचनाहरुमार्फत आफ्नो पहिचान दिएका छन् ।

विभिन्न प्रतियोगिता–हरुमा समेत उत्कृष्टता प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण साहित्यिक गतिविधिहरु समेत ओझेलमा परिरहेको अवस्थामा अब फेरी क्रमशः विभिन्न साहित्यिक गतिविधिहरु अगाडि बढ्ने अपेक्षा यस क्षेत्रमा लाग्नेहरुको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<