बलात्कारको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका ४ का एक व्यक्ति पक्राउ

सल्यान, ३० मंसिर ।
बलात्कार गरेको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन । ४० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय खिमलाल रेउलेलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ ३१ गते दिउसो १२ बजेतिर कपुरोकोट गाउँपालिकाको सिस्नेरी जंगलमा महिलालाई बलात्कारगरि फरार रहेका रेउलेलाई गत शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक दत्त बहादुर मल्ल र ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी सहायक निरिक्षक रविन शाहीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कपुरकोट बजारबाट आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएतापनी फरार रहेका रेउलेलाई झन्डै ३ महिनापछि प्रहरिले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<