असोजभरी पालिकामा महासंघ गठन गर्ने गरी गैससले तोक्यो सल्यानमा पालिका संयोजक


सल्यान, ३१ भदौँ ।
गैरसरकारी संस्था महासंघ सल्यानले जिल्लाका १० पालिकामा संयोजक तोकेको छ ।

हालै खलंगामा सम्पन्न महासंघको बैठकले माहासंघको भुमिका सशक्त बनाउने र हरेक पालिकामा आफ्नो प्रतिनिधित्व गराउन पालिका संयोजक तोकेको अध्यक्ष दीपेन्द्र शाहीले जानकारी दिएका छन ।

महासंघले जिल्लाको दार्मामा मानसिंह बिक, कुमाखमा आशा शाही, बागचौरमा नबराज वली, शिद्धकुमाखमा तुलसा रावत, शारदामा केशरी श्रेष्ठ, बनगाडमा एलिसा डि सी, कालिमाटिमा घनश्याम गिरी, त्रिबेणीमा जितेन्द्र डाँगी, कपुरकोटमा बिजयशरण आर्चाय लाई जिम्मेवारी प्रदान गरेको छ ।

जिल्लाका सबै पालिकामा असोज महिना भित्र महासंघ गठन गर्ने र पालिकामा रहेका नागरिक समाज संस्थाहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

साथै अन्य निर्णयहरुमा जिल्लामा रहेका संघ संस्थाहरुलाई समयमै नबिकरणको लागी पहल गर्ने, सेप्टेम्बर २२ मा पर्ने सामाजिक सेवा दिबश राष्ट्रिय गौरब आजको प्राथामिक्ता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण उद्यमशिलता, भन्ने नाराका साथ सामाजिक सेवा दिशस मनाउने निर्णय गरको छ ।

गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र कुमार शाहीको अध्यक्षतामा भएको बैठकको सह सचिब गुमान सिंह नेपाली द्धारा संचालन गरिएको थियो भने प्रमुख आतिथ्यता महासंघका केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश डि.सी को रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<