सल्यानमा गाडी दुर्घटना १६ जना यात्रु घाईते


सल्यान, ३१ भदौँ ।

सल्यानमा गाडी दुर्घटना भएको छ । दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन ।

जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन ।

घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ । उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ ।

घाइते हुनेमा दार्मा गाउँपालिका ६ का भक्त केसी, नेत्र मल्ल बागगचौर ६ का पदम वली, छत्रेश्वरी ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउँपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरी ६ का नविन घर्ती, अपेक्षा केसी, तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरी ५ का भिमार्जुन केसी रहेको प्रहरिले बताएको छ ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ।गाडी आज बिहान साढे १० बजे दुर्घटनामा परेको थियो ।

घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

<