मन्त्री ज्वालाले खोले सल्यानमा सम्पर्क कार्यालय

३० भदौ सल्यान

सांसद प्रकाश ज्वालाको सल्यानमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ। सल्यान प्रदेशसभा ९ख० का सांसद रहेका ज्वालाले सदरमुकाम खलंगामा सम्पर्क कार्यालयको स्थापना गरेका हुन।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले आफु निर्वाचित क्षेत्रका जनताको समस्या सुन्न सजिलो हुने भन्दै सम्पर्क कार्यालयको खोलिएको बताएका छन ।

आइतबार ज्वाला आफैले कार्यालयको उद्घाटन गर्दै अब जनताले हरेक समस्या ल्याएर सम्पर्क कार्यालयमा ल्याउन सक्ने बताएका छन । समस्याको सकभर त्यहीबाट सामाधानको बाटो खोजिने र त्यहाँ सकिएन भने प्रदेश कार्यालयमा पुग्ने उनले बताए ।

आफुलाई भेट्न नसक्ने र सुर्खेत जान नसक्ने जनताको लागी यो यो कार्यालय प्रभाबकारी हुने उनले बताए ।यहाबाट पार्टीको काम नभई जनप्रतिनिधिको हिसाबले जनताको सबैकाम हुने उनले बताएका छन।

कार्यालयमा ज्वाला निकट रहेका धिरज रावत कार्यालय सचिवको रूपमा बस्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस

<