बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ बैङ्कअगाडि शङ्कास्पद वस्तु भेटियो


सल्यान, १ साउन ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहीबार बिहान बागचौर बजारमा रहेको मुक्तिनाथ विकास बैङ्कअगाडि उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६.०० बजेको समयमा सानो बाल्टिनमा राखेको शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरि त्यहाँ प्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार वस्तुसँगै केही कुरा लेखेको पत्रसमेत छोडिएको छ । राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरूसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरूलाई ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ ।  शङ्कास्पद वस्तुलाई डिस्पोज गर्न नेपाली सेना त्यसतर्फ गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<