१३ वर्षीय बालिकामाथि याैन हिंसामा पुछिएका अधिकारी आए प्रहरीकाे सम्पर्कमा

03 jestha 2077

धनकुटा : धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारीले प्रहरीले अझैं पक्राउ गर्न सकिरहेकाे समयमा अाफै एक विज्ञप्ति मार्फत प्रहरी कार्यलयमा सम्पर्कमा जाने बताए छन् ।

सो घटनाका आरोपितमध्येका धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्रा गरिसेको छ । तर अधिकारी भने फरार थिए ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

शिक्षक अधिकारीले अब स्कुलमा नाम लेखाउनका लागि बाबुकाे नागरिकता चाहिन्छ बाबुकाे नागरिकता ल्याएर अाउनु भनी उनकै घरमा बलात्कार गरेकाृ बालिकाले बताएकी छन् । तर बालिकाले उजुरी दिइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेपछि उनी अाफै अाज सम्पर्कमा आउने कुरा उनको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन।

पक्राउ परेका तीन जनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले तीन जनालाई अनुसन्धानका लागि म्याद थप गरेको छ । तर जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ध्रुव श्रेष्ठले भने बालबालिका एेन २०७५ अनुसार कार्वाही हुने बताउनु भएको छ।

राजनीतिक पहुँचमा रहेका कारण अधिकारीलाई जोगाउन प्रशासन र राजनीति दल नै लाग्ने हुन कि भन्ने अधिकारकर्मीहरुले अाशंक गरेका छन् । खासगरी अधिकारी पूर्व मओवादी र हालका नेकपाका नेता भएका कारण नेकपाकै नेता भएका जाेगाउने हुन भन्ने भएको अधिकारकर्मिहरुकाे आशंक गरेका हुन ।

सोही कारण पनि उनलाई प्रहरीले पक्राउ नगरेको आशंका गरिएको छ । नेकपाका धनकुटाका नेताहरुले भने कसैले पनि यस्ता जघण्य अपराधसँग जोडिएकालाई जोगाउन नखोज्ने बताउँछन् ।

लकडाउनका कारण अहिले जिल्ला बाहिर जाने अवस्था छैन । तर, पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । ‘हाम्रो पार्टीका मात्रै होइन, कुनै पनि पार्टी वा विचार बोक्नेहरुले सामाजिक अपराधसँग जोडिएका व्यक्तिलाई जागाउन खोज्दैनन्, अधिकारीलाई जोगाउनु पनि छैन’ उनहरु बताउने गरेका छन् , ‘उ निर्दाेश हो भने भागेर होइन, प्रहरीसमक्ष आत्म समर्पण गरेका पीडितलाई न्याय दिन सक्नुपर्छ ।’

गरिव परिवारकी बालिकालाई उनीहरुले लामो समयदेखि ललाईफकाई यौन शोषण गर्दै आएपछि कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा बालिका बाबुले जबर्जस्तीकरणीमा उजुरी दिएका थिए । पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएकाे स्थानीयहरु बताउछन् ।

आरोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पीडित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले दिने पैसाकाे वार्गेलिङ गरेपछि पैसामा नमिलेपछि कुरा बाहिरएकाे स्थानीयकाे भनाई छ ।

म निदोश छु : अधिकारी

धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि यौन शोषण गरेको आरोप लागेका मदन अधिकारीलाई प्रहरीले पक्राउ गर्न खोजिरहेका बेला आफु निर्दाेश रहेको दावी गरेका छन् ।

शनिवार विज्ञप्ती जारी गर्दै उनले आफु निर्दोश रहेकाले आफु प्रहरी सामु आफैं सम्पर्कमा आउने बताएका छन् । ‘म आफैं अनुसन्धानमा सघाउन र कानुनी प्रक्रिया अवलम्वन गर्न पूर्ण सहमत छु’ उनले भनेका छन्, ‘सम्मानित अदालतको अन्तिम फैसला नआएसम्म कुनै धारणा व्यक्त नगरी दिन सवैमा अनुरोध गर्दै आफु निर्दोष भएको अपिल गर्दै जिल्ला प्रहरी कार्यालयमा आफैं हाजिर हुन लागेको व्यहोरा जानकारी गराउँछु ।’

सो घटनामा पीडित बालिकाले आफुमाथि पटकपटक यौन शोषण भएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा प्रहरीले धनकुटा वडा नं. ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरिसकेको छ । तर, अधिकारी भने फरार थिए ।

missonnepalkhabar.com

प्रतिक्रिया दिनुहोस

<