सल्यान दार्मा गाउँपालिकामा पनि द्रुतपरिक्षण (आर.डि.टि.) विधिबाट कोरोनाको परिक्षण

प्रकाश शर्मा
४ बैशाख, सल्यान

दार्मा गाउँपालिकामा पनि द्रुतपरिक्षण (आर.डि.टि.) विधिबाट कोरोनाको परिक्षण गरिएको छ । जिल्ला अस्पताल सल्यान र दार्मा गाउपालिकाको संयुक्त आयोजनामा उक्त परिक्षण गरिएको हो । सल्यान अस्पतालका डाक्टर भिमकान्त न्यौपानेको नेतृत्वमा आएको टोलिले सो परिक्षण गरेको हो ।

२०७६ चैत ४ गते भन्दा पछाडि भारत, मलेसिया, दुबै, कतार, लगायत मुलुकबाट दार्मा गाउँपालिकामा भित्रिएका ४ महिला र २०६ पुरुष गरि २१० जनाको द्रुतपरिक्षण (आर.डि.टि.) विधिबाट कोरोनाको परिक्षण गरिएको दार्मा गाउपालिकाका अध्यक्ष निम बहादुर के. सि. ले जनाउनु भएको छ ।

 

यस अगाडि जिल्ला अस्पताल सल्यान र दार्माको फारुलामा गरि १३ जनामा गरिएको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको र आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

<