सुर्खेत सिम्तामा कोरोना विपत कोषमा निर्माण व्यवसायी ठकुरीद्धारा १ लाख सहयोग 

इन्द्र बुढाथोकी
सल्यान ४ बैशाख ।
सुर्खेतको पुर्वी सिम्तागाउपालिकामा १ लाख रकम कोरोना विपद कोषमा  जम्मा भएको छ । सिम्तागाउपालिका ४ नाडा निवासी जाल्पादेवी निर्माण व्यवसायी सेवाका प्रोपाइटर विरेन्द्र सिह ठकुरीलेले सिम्तागाउपालिकाको राहत कोषमा जम्मा हुने गरि १ लाखको लक्ष्मी बैकको चेक सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसिलाई हस्तान्तरण गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सिम्ता गाउँ कमिटी सदस्य समेत रहेका ठकुरीले सिम्ता गाउपालिकाम राहत जम्मा गर्ने पहिलो व्यक्ति हुनु हुन्छ । कोरोना भाइरसले विश्व नै तर्सित बनाइरहेको बेला रोक, भोक र प्यासले नागरिकलाई हैरानी बनाएकोले त्यसबाट सिम्ताका जनतालाई बचाउनको लागि सहयोग गरेको व्यवसायी विरेन्द्र सिह ठकुरीले बताउनु भएको छ । एक थुकी सुकि सय थुकी नदि भने जस्तै आफुले राहत कोषमा सहयोग गरेको समेत बताउनु भएको छ । गाउपालिकाले कोरोना राहतकोषमा यश अधि नै १ करोडको राहत कोष खडा गरेको छ ।
चेक हस्तान्तरण कार्यक्रम गाउपालिका अध्यक्ष  केसिले यस्तो विपतकाे घडीमा सबै तह र तप्काका नागरिक, संघ संस्थालाई सहकार्य गरी अघि बढ्न चाहेको बताउनु भएको छ । याे विपद्काे बेलामा सबैकाे सहयोगले मात्रै अघि बढ्न सकिने र काेराेना प्रास्तको लागि सिम्ताकाे युनिट एक्सन टिमलाई झन चलाएमान बनाउन आग्रह गर्नुभएको छ ।
त्यसैगरी प्रदेश सभा सदस्य ठम्मर बिष्ट, स्याक नेपाल, लगायतकाले काेराेना राेकथाम विरुद्धको सामग्री दिएर सहयोग पुरयाएको  अध्यक्ष केसि बताउनु भएको छ  । सहयोगकाे राहत जुट्ने क्रम वढिरहेकाे र सुरुवातमा गाउँपालिकाबाट काेष खडा भएको वताइएकाे छ । एक पछि अर्कोले काेराेना विरुद्ध सहयोग  जुटने क्रम वढिरहेकाे बताउनु भएको छ  । काेराेना राेकथामका लागि सिम्ताका सिमा नाकामा कडाइ समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<