सुर्खेत सिम्तामा नाकाम कडाइ गरिने, खाद्यान्न ढुवानी गर्न वडा कार्यालयको सिफारिस चाहिने 

इन्द्र बुढाथोकी
सल्यान ३ बैशाख । पुर्बी सुर्खेतको सिम्तागाउपालिकामा आज बसेको गाउपालिका, उधोगी, व्यापारी र प्रशासनको सयुक्त बैठकले लकडाउनलाइ अझै प्रभावकारी बनाउने भएको छ । सिम्ता गाउपालिका भित्रका नाकाहरु बाट भित्रिने सम्पुर्ण यातायात साधन र पैदल यात्रिलाई चेकजाँचमा कडाइ गरिने र अतिआवश्यक बस्तु औषधि र खाद्यान्न बाहेक अरू फलफूल, तरकारी र अन्य कुनै पनि बस्तु गाउपालिका भित्र प्रवेश गर्न नदिने गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसिले जानकारी दिनुभएको छ ।
वडामा खाद्यान्न ढुवानी गर्दा व्यापारीले वडा कार्यालयको सिफारिसकाे अाधारमा खाद्यान्न ढुवानी गर्न पाउने छन । खाद्यान्न ढुवानी गर्नको लागि वडामा जाने समय तोकिएको छ जस अनुसार वडा नं १ र ९ मा अाईतबार, वडा नं २ र ८ मा साेमबार, वडा ३ र ४ मा मंगलबार र वडा नं ५,६ र ७ मा बुधबार मात्र खाद्यान्नका  यातायातका साधन सञ्चालन हुने गाउपालिकाले बताएको छ । साथै अति अाबश्यक खाद्यन्न बस्तुका लागि बजार खुल्ला रहने र प्रत्येक दिनकाे १२ बजेदेखि २ सम्म मात्र गर्ने र टोल तिरका अन्य स्थानीय बजार बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने यदि त्यस्तो निर्णय अटेरी गरेमा कानुन बमोजिम कर्बाही गरिने गाउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

<