सरस्वती पुजाको अवसरमा विशालले गरे अक्षकोष स्थापना


सल्यान, ४ फाल्गुन ।

सरस्वती पुजाको अवसरमा युवा व्यावसायि विशालले गरे स्वर्गीय वाजे,बज्यै र आमाको नाममा मावि च्युरामा २ लाख ५० हजारको अक्षकोष स्थापना ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,५ मा रहेको श्री त्रिभुवन जनता मावि शंखपिपल च्युरा सल्यानमा स्वर्गीय वाजे नदे कामी, वज्यै जिउनि कामी र आमा लिलि कामिको नामबाट सो अक्षकोष स्थापना गरिने जनाएको छ ।

उक्त विद्यालयमा उच्च शिक्षा कक्षा १२ सम्म अध्यायनरत बनगाड कुपिण्डे नगरपालिका वडा, ५ खैरागार निवासि ज्ञानवहादुर विक “विशाल” हाल दाङका सफल युवा व्यवसायी समेत रहनु हुन्छ ।

वडा ५ का वडा अध्यक्ष कमल विक का भाइ विशाल सफल युवा व्यवसायीका रुपमा चिनुहुन्छ । वडा अध्यक्ष कमल विक,युवा व्यवसायि ज्ञान वहादु विक, विशाल र भाइ मानवहादुर विकले संयुक्तरूपमा स्वर्गीय बाजे,बज्यै र आमाको नाममा सो कोष स्थापना हुने वताएको छ ।

गाउँकै आफैले पढेको विद्यालयमा यतिठुलो अक्षकोष स्थापना गर्ने उहाँ पहिलो व्यक्ति हो । यश अघि निर्माण व्यवसायी प्रकाश शाहले ईन्द्रमेघा स्मृति २ लाख र सल्यानका वरिष्ठ पत्रकार जीवन विसिले २५ हजारको डम्बर विष्ट स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गर्नु भएको छ । उक्त कोषबाट आउने व्याजबाट जेहेन्दार गरिबी र अतिविपन्न वालवालिकाइ सो छात्रवृत्ति दिने गरिएको छ ।

सोहि परियोजनाका लागि मंगलबार सरस्वती पुजाको अवसरमा युवा व्यवसायी विशालले आमा,वाजे र बज्यैको नामबाट सो अक्षकोष स्थापनाका लागि घोषणा गरेको फोन मार्फत विद्यालयलाई जानकारी दिनु भएको छ ।

केही दिन भित्र उक्त रकम विद्यालयलाइ हस्तान्तरण गर्ने उहाँको भनाइ छ । विद्यालयले मंगलबार सरस्वति पुजाको अवसरमा लोक नित्य गरि विशेष कार्यक्रम गरेको छ ।विजेता विद्यार्थीहरुलाइ नगदै पुरस्कार वितरण समेत गरिएको थियोे । अक्षकोष स्थापनाले विद्यालय परिवार भने उत्तसाहित भएको छ ।

प्रतिक्रिया दिनुहोस

<