किसानले तरकारी खेतिबाट राम्रो आम्दानी गर्दै, पैसा कमाउन बिदेश जानै पर्दैन

सल्यान, ३ फागुन । तरकारी खेतिबाट सल्यान बरलाका किसानले राम्रो आम्दानी गरेका छन् । सल्यानको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारी यतीखेर तरकारी खेतिमा व्यस्त देखिन्छन् । २०४७ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका भण्डारीले अहिले ८ ओटा टनेल बनाएर तरकारी खेती गरेका छन् । अरु ४ वटा टनेल बनाउदै गरेको उनले बताए ।

तरकारी खेतिबाटै उनले सबै खर्च कटाएर बार्षिक ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । खेतीमा धेरैजसो काम आफुले गर्ने र नभ्याएको खण्डमा अरु कामदार राख्ने गरेको उनले बताए । उनको बारीमा अहिले भेरे खुर्सानी, सिमी, टमाटर, काउली, गाँजर लगाएतको तरकारी उत्पादन हुने गरेको छ । उनले भने– ‘बरला तरकारीको लागि राम्रो क्षेत्र हो, जाँगर भए बिदेशको भन्दा यहाँ डबल कमाउन सकिन्छ् ।’ अरुको काम गर्नुभन्दा आफ्नो काममा आनन्द आउने उनले बताए ।

बजार राम्रो भएको तर आफुले धेरै उत्पादन गर्न नसकेको उनले बताए । पहिले आफुले भाडामा जग्गा लिएर तरकारी खेती गरेको र अहिले आम्दानी गरेर उक्त जग्गा किनेको उनले बताए । अहिले आफुले उत्पादन गरेको तरकारी जिल्ला भित्रै बिक्री हुने गरको पनिे जानकारी दिए । कहिले काँही धेरै तरकारी भएमा जिल्ला बाहिर जाने गरेको उनको भनाई छ । पहिले डोको बोकेर खलंगा, श्रीनगर तरकारी बेच्न जानेको गरेको उनी सम्झन्छन् । अहिले तरकारी बिक्रीमा समस्या नभएको उनी बताउछन् ।

गाडीबाटै तरकारी बिक्रीको लागि पठाउने उनले उनले जानकारी दिए । यहि ट्रक ल्याउन सक्ने खालको तरकारी आफुहरुले उत्पादन गर्न नसकेको कारण कपुरकोटको हाटबजारसम्म आफुले पुर्याउने गरेको उनले बताए । उनी सँगै बरलामा अन्य दुईजनाले पनि तरकारी खेती गरेका छन् । अझै यो क्षेत्रमा प्रशस्त जग्गा भएको भन्दै भण्डारीले अरु किसान थप्न पाए राम्रो हुने बताएका छन् । यो क्षेत्रमा धेरैले तरकारी खेती गरेमा ठुला व्यापारी ल्याएर बिक्री गर्न सजिलो हुने उनले बताए ।

सुरुमा धेरै आम्दानीको आस गर्न नहुने भन्दै उनले भने–‘बिस्तारै गर्दै जानुपर्छ, पछि व्यवसायी फस्टाउदै जान्छ ।’ खेतीको लागि सरकारी तवरबाट पनि सहयोग भएको भण्डारीले बताए । टनेल बनाउदा ७५ प्रतिशत प्रधानमन्त्री कृषी अधुनीककरणले अनुदान दिएको र बाँकी २५ प्रतिशत आफुले लगानी गरेको उनले बताए ।

सरकारले किसानलाई ऋन दिने विषयमा किसानको भावना नबुझेको उनले दुखेसो गरेका छन् । किसानलाई दिने ५ प्रतिशत ऋन बैंकले सडकको छेउमा जग्गालाई मात्रै दिनेको गरेको भन्दै उनले दुखेसो गरेका छन् । उनले भने–‘किसानको जग्गा त गाउँमा हुन्छ, किसानलाई ऋन दिने हो भने गाउँको जग्गालाई दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

<