लोक दोहोरी प्रतिष्ठानलाई क्रियाशिल बनाउन छलफल

सल्यान, ३ फाल्गुन ।
लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानलाई क्रियाशिल बनाउन शुक्रवार सल्यान श्रीनगरमा छलफल गरिएको छ । छलफलमा एक दशक पहिलेदेखि सल्यानमा प्रतिष्ठान गठन भई सानातिना कार्यक्रमहरुमा सहभागिता जनाए पनि त्यति क्रियाशिल हुन नसकेको पाईएको छ ।

शाखा सल्यानका वर्तमान अध्यक्ष यम थापाले आफु पाँच बर्षे कार्यकालमा अध्यक्ष हुदा पनि सल्यानबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कलाकार र जिल्लाका कार्यसमिति तथा सदस्यले सहयोग तथा क्रियाशिलता नजनाउने भएकाले आफु एक्लैले केहि गर्न नसकेको गुनासो सुनाएका छन् । उनले सल्यान जिल्लाबाट केन्द्रमा सचिव सम्मको पद पाए पनि जिल्लालाई केहि उपलब्धि नभएको बताएका छन् । उनले भने यसलाई सल्यानमा जोगाउन धेरै गरियो तर एकलैले नहुने रहेछ, सबैको साथ पाईएना । त्यस्तै पुर्व अध्यक्ष तेजेन्द्र गिरीले अब प्रतिष्ठानलाई जिल्लामा क्रियाशिल बनाउन सबै लाग्नु पर्ने बताएका छन् ।

उनले भर्खरै प्रदेशको तदर्थ समिति गठन भएको छ अब जिल्लाबाट केन्द्र पुगेका र लोक तथा दोहोरी गित प्रतिष्ठानमा चासो राख्नेलाई बोलाएर बृहत कार्यक्रमको आयोजना गरी जिल्लामा पनि तदर्थ समिति गठन गरी अगाडि बढ्नुपर्ने आवश्यकता महशुस भएको बताएका छन् । तेस्तै छलफलमा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुधन श्रेष्ठले समन्वय गरेर गएमा उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्न तयार रहेको वताए ।

उनले सल्यानको कला तथा लोकसंस्कृतिको संरक्षण गर्नेबारे सरोकारवाला सबैलाई जान्कारी गराएरै लाग्नु पर्ने बताएका छन् । यसमा लोक तथा दोहोरी गित प्रतिष्ठानको महत्वपुर्ण भुमिका रहने भएकाले सबैसंग समन्वय गरेर जानुपर्ने बताएका छन् । उनले संस्थागत र व्यक्तिगत हिसाबले आफु सहयोग गर्न तयार रहेको र केन्द्रिय सचिब कृष्णा रेउलेसंग पनि जिल्लाको बारेमा चासो देखाउन कुरा गर्ने बताएका छन् ।

छलफलमा सहभागिहरुले आफुहरुले कला संस्कृतिलाई माया गर्ने भएकाले आफ्आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् । कुमाख राष्ट्रिय दैनिकको सभा कक्षमा भएको कार्यगोष्ठिमा राप्ती साहित्य परिषद सल्यानकी अध्यक्ष विष्णु शर्मा , कुमाख राष्ट्रिय दैंनिकका प्रधान सम्पादक गोविन्द शर्मा , संचारकर्मी तथा गायक प्रकाश विहानी, गायिका हिमा बोहरा, गिता खड्का, सुरेन्द्र बुढा र कलाकारिता एबं सञ्चार क्षेत्रमा क्रियाशिल योगराज वि.क., पवन कुमार वली, मिना बुढाथोकी, नोखिराम थापा (क्षितिज) गणेश बि.क र कलाप्रेमी सिता गिरी मल्ल लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

<