कारागारलाई किताब अभियानले तिव्रता पायो हाल सम्म एघार सय बढी किताब संकलन

 

 

 

 

 

 

 

सल्यान, ३ फागुन
सल्यानमा कारागारलाई किताब अभियानले तिव्रता पाएको छ । कारागारका कैदी बन्दीका लागि किताब संकलन गर्ने क्रम जारी रहेको कारागार किताब संकलन उप समितिले जनाएको छ । हाल सम्म यहाका स्थानीय तह तथा सुभेच्छुक महानुभावले किताब संकलन गरि जिल्ला प्रहरी कार्यालयमा बुझाइ रहेको उप समिति संयोजक तथा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । हाल सम्म दुइ लाख बढीको किताब खरीद गरिएको उप समिति संयोजक तथा प्रहरी प्रमुख शाहीले जानकारी दिए । हाल सम्म किताब खरिद गर्नका लागि शारदा नगरपालिकाले एक लाख रुपैयाँ, कपुरकोट गाउँपालिकाले पचास हजार रुपैयाँ, शिद्ध कुमाख गाउँपालिकाले चालीस हजार रुपैयाँ र शारदा नगरपालिका वडा नम्बर २ ले दश हजार रकम सहयोग गरेको उप समितिका उप संयोजक सोविता बस्नेतले बताएकी छन् । यहाँका सबै स्थानीय तहले किताब खरिद गर्न आफ्नो स्थानीय तहबाट सहयोग रकम उपलब्ध गराउने समेत उप समितिले जनाएको छ । अहिलेसम्म एक हजार एक सय एघार थान किताब संकलन भइ सकेको उनले जानकारी दिइन् । उपलब्ध रकमले ७ सय ९९ थान नयाँ किताब खरीद भइ सकेका छन भने ३ सय १२ थान पुराना किताब संकलन भएको उप समितिले जनाएको छ  । यस्तै उप समितिले आफुसंग रहेका किताब कारागारलाई उपलब्ध गराउन चाहने सुभेच्छुक सबैलाई किताब उपलब्ध गराई दिन आग्रह गरेको छ । यस जिल्लामा रहेको कारागारलाई किताब संकलन अभियानमा सहभागी हुनका लागि जोकोहीले पनि आफुसंग रहेका किताब उपलब्ध गराउन सक्ने भन्दै नयाँ अथवा पुराना किताब उपलब्ध गराउन सक्ने छन् । कारागरका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ, भन्ने उद्देश्यका साथ जिल्लामा कारागारलाई किताब अभियान शुरु भएको जानकारी दिंदै उनले कारागारलाई किताब उपलब्ध गराउन चाहने सुभेच्छुकले जिल्ला प्रहरी कार्यालय सल्यानमा सम्पर्क गर्न सक्ने बताए । जिल्ला कारागार सल्यानमा विभिन्न अभियोगमा सजाय भोगी रहेका कैदीबन्दीहरु जिवन जिउने कला तथा सकारात्म सन्देशले भरिएका पुस्तकहरु संकलन गरि कारागारलाई उपलब्ध गराएसंगै कारागारमा पुस्तकालयको व्यवस्था समेत गरिने भएको उनले बताए । किताब पढौं जिवनलाई बदलौं,कर्णाली प्रदेशका कारागारलाई किताब अभियानमा सहभागी बनौं भन्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा यस अभियानको शुरुवात गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

<