चरम स्वतन्त्रता किन ?

आफ्ना सन्तानको माया सवैलाई हुुन्छ र हुुनुपर्छ, तर पछिल्लो समय आफ्ना सन्तान यसरी स्वतन्त्र बनाइयो कि कुुनै पनि आदर्श, सिद्धान्त र मूूल्यमान्यताका कुुराहरु पनि नसिकाउने चलन बढेको छ । यसप्रकारको हाम्रो व्यबहारले गर्दा घरकै सदस्यहरु एक्लिएका छन् । अभिभावकलाई असक्त अवस्थामा सहयोग गर्नुुपर्छ भन्ने कुरा सन्तानले थाहा पाउदैनन् । छोरोले बुहारी ल्याएपछि आमा बाबुु नै बिर्सना थालेको देखिन्छ । त्यस्तै बच्चालाई के गर्न हुुने र के गर्न नहुुुने भन्ने कुराहरु नसिकाउदा आफूूभन्दा ठूलालाई नमस्ते सम्म पनि गर्न जान्दैनन् ।


यति मात्रै होइन, पाहुुना आउदा कुुनै वास्ता नगर्ने चलन बढेको छ । यदि क्षमताले भ्याउदैन भने पानी सम्म त दिन सकिन्छ, तर त्यतातिर ध्यानै दिएको पाईदैन । सन्तानलाई ठूूलो बनाउने नाममा हामी आज संस्कारबिहीन बनाउदैछौं । चरम स्वतन्त्रताकै कारण आज तिनै बच्चाले आफ्ना आमाबुवालाई नटेर्ने भएका छन् । कसैले भनेको पनि नमान्ने चलन बढेको छ ।

अधिकांश घरमा साना केटाकेटी यसरी विग्रीएका छन् कि उनीहरु केवल मोवाईलमा मात्रै झुम्मिने गर्दछन् । आदर, सत्कार, सहयोग जस्ता मानवीय गुुणहरु सवै विर्सने अवस्था बनेको छ । त्यसकै परिणाम हो आज बृद्धाश्रम खोल्नुुपर्ने । जन्म दिने र हुुर्काएर ठूूलो बनाउने आमाबुुवा बृद्ध हुदै गएपछि बोझिला भएका छन् । आज हजारौं बृद्ध बा–आमाहरु आफ्नै सन्तानबाट अपहेलित छन् ।

उनैले दिएको बासस्थानमा बसेर उनैलाई लखेट्ने अवस्था आज बन्दै गएको छ । यो सव कारण व्यक्तिवादी चरित्र हावि हुदै जानुु हो । नैतिक शिक्षा, आचरण सम्बन्धिको शिक्षा, मानवीय शिक्षा र व्यबहारिक शिक्षाको कमी हो । आज धेरैका बच्चालाई सलमान खानको आम्दानी खर्च थाहा हुन्छ, तर आफ्नै घरको आम्दानी खर्च थाहा हुदैन । संसारभरका हिरो हिरोइनहरु थाहा पाउछन्, तर आफ्ना नातागोता चिन्दैनन् । यो सवै पारिवारीक शिक्षाको कमीकै कारण हो । अँझ राज्यले समेत उचित शिक्षा दिन नसकेको ठहर्छ ।

नैतिक शिक्षा अनिवार्य गराउनुुपर्नेमा त्यसलाई अनिवार्य गरिएको छैन । ऐच्छिक मात्र बनाउने हो भने त्यसलाई सवैले ग्रहण गर्न जरुरी मान्दैनन् ।
कतिपय कुराहरुमा राज्य, परिवार, शिक्षणसंस्था र बुद्धिजिवि वर्गले विशेष जोड दिनै पर्दछ ।

समाज विग्रन नदिन, आफ्ना सन्ततिलाई सहि बाटोमा हिडाउन र असल कुुराहरु ग्रहण गर्न उत्प्रेरणा दिनुुपर्छ । माया हुुदैमा गलत काम गरेपनि राम्रै भएको देख्नुु उचित हुदैन । खराब काम गरेपछि निरुत्साहित गर्नैपर्दछ । अतः चरम स्वतन्त्रता सवैका लागि घातक छ । मान्छेलाई सहि बाटोमा हिडाउन केही न केही नियमहरु पालना गर्नैपर्ने वा गराउनैपर्ने हुुन्छ ।

प्रतिक्रिया दिनुहोस