सम्पादकीय : बेरोजगार युवाहरु थप चिन्तित

यो देश साँच्चिकै सतिले सरापेको देश हो ।

अहिले बाढिको चिन्ता थिएन, अहिले भुुकम्पको पनि चिन्ता थिएन, अहिले महामारीको डर पनि कम हुुदैछ । साँच्चै भन्ने हो भने अहिले विकासको गति तिब्र गतिमा बढ्नुुपर्ने अवस्था हो ।

युुद्ध र आन्दोलनले थला पारेको देश, भुकम्पले थला पारेको देश, महामारीले थला पारेको देश अब त समृद्धिको बाटोमा लाग्ला कि भन्ने बेलामा कुर्सिको लडाईले फेरी अस्तव्यस्त पार्न थालेका कारण नागरिकहरु चिन्तित र  आक्रोशित समेत बन्न थालेका छन् ।

तँ ठूूलो कि म ठूूलो भन्ने खेल खेल्न लाग्दा सिंगै देश सानो हुुने कुुरा हाम्रा नेताहरुले कहिल्यै बुुझेनन् । पाँच वर्ष पनि कुुर्न नसक्ने पदका भोगी नेताहरुकै कारण अहिलेको अवस्था आएको हो ।

सत्ता स्वार्थले मुुलुुक नराम्रोसित भासिन थालेको हाम्रा अन्धा नेताहरुले कहिल्यै थाहा पाएनन् । शान्ति र समृद्धिको दिशामा लम्किनुुपर्ने अवस्थामा फेरी पनि । सडकमा सत्तापक्ष र प्रतिपक्षलाई आन्दोलनको चटारो छ ।

सरकारको पक्षपोषण र विरोध गर्नेहरूको जमात सक्रिय छ, सडकदेखि सदनसम्म । आन्दोलन तथा सभा–जुलुसको पारो बढिरहँदा गरिबी, बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या पनि उसैगरी बल्झिरहेको छ ।

बेरोजगार र निमुखालाई अगाडि सारेर सत्ताको भ¥याङ चढ्ने र पछि चटक्कै बिर्सने प्रवृत्तिका कारण गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ भएपछि बिदेसिनेको लर्को लागिरहँदा पनि सरकार भने बेखबरजस्तै छ । अन्य दलहरू पनि सत्ता प्राप्तिमै केन्द्रित हुँदा सबैजसो आन्दोलनमा प्रयोग गरिने बेराजगार नागरिकको अवस्था झन् बिजोक भइरहेको छ ।

कोभिड–१९ का कारण एकातिर मुलुकको अर्थतन्त्र थिलोथिलो बनेको छ भने अर्कातिर राजनीतिक दलबीचको झगडाका कारण युवाहरूलाई झन् निराश बनाएको छ ।

यही निराशाबीच दैनिकजसो हजारौं संख्यामा युवाहरू छिमेकी भारतलगायतका मुलुकमा रोजगारका लागि जाने गरेका छन् । युवादेखि पाका उमेर भइसकेका व्यक्तिसमेत स्वदेशमा रोजगार नपाएपछि बिदेसिने गरेको पछिल्ला दिनमा भारतीय नाकाबाट बाहिरिएकाहरूको संख्याले पुष्टि गर्छ ।

मुलुकमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४० प्रतिशत छ । जस्तोसुकै श्रम गर्न सक्ने र आफूले गरेको मेहनतकै आधारमा जीवनको गोरेटो कोर्ने उमेर पनि यही हो ।

उसै त कोभिड महामारीका कारण अहिले करोडौं नागरिकले बेराजगार बन्नुपरेको छ । विदेशमा समेत रोजगारी खोसिएका कारण युवाहरु फर्किने क्रम जारी छ । मुलुकभित्र डेढ दर्जन मन्त्रालयबाट युवालक्षित कार्यक्रम सञ्चालित छन् । तर यी कार्यक्रमहरु कार्यान्वयनमै नजाने संकेत देखा पर्न थालेका छन् ।

बजारसँग मुस्किलले ५० हजारलाई मात्रै रोजगार दिन सक्ने क्षमता छ । सीपमूलक शिक्षाको अभावमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्ति पनि बेरोजगार हुनुपर्ने बाध्यता छ ।

यस्तो अवस्थातिर ध्यान नदिएर सिधै कुर्सि मोहको लडाईले आम नागरिक चिन्तित बन्ने अवस्था आएको छ । समग्र नेतृत्वले यस विषयमा गम्भिर हुन जरुरी छ ।

नत्र भने नागरिकहरुको आक्रोशले भोलि यीनै नेताहरुलाई धकेल्दै भित्तामा पुुर्याउने दिन नआउला भन्न सकिदैन । बेलैमा नेतृत्वतहले यसलाई मनन् गर्न जरुरी छ । युवा र बेरोजगार नागरिकहरुलाई उत्पादनमूखि काममा लगाउन जरुरी छ । स–सानो कुरामा विवाद् गरेर देशलाई बन्धन बनाउनुु उपयुुक्त हुदैन ।

प्रतिक्रिया दिनुहोस