चाडपर्व नजिकिदै जाँदा दार्मा गाउँपालिकामा बजार अनुगमन

सल्यान, २९ असोज  ।

चाडपर्व नजिकिदै जाँदा जिल्लाको दार्मा गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

दार्मा गाउपालिका खाद्य सुरक्षा तथा उपभोक्ता हकहित संरक्षण समिति संयोजक टिका शर्माको नेतृत्वमा बजार अनुगमन गरिएको हो । असोज २५ देखि २९ गते सम्म गरिएको बजार अनुगमनमा म्याद नाघेका अखाद्य बस्तु, पसल दर्ता नविकरण, नापतौल, मुल्यसुचि, साइनबोर्ड , विल दिने नदिने जसता विषयमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा धेरै पसलहरु दर्ता नविकरण, नगरि संचालन गरिएको, मूल्यसुचि नभएको साइनबोर्ड नभएको, विल उपलब्ध नगराइ व्यावसाय संचालनमा ल्याएको भेटिएको संयोजक शर्माले बताइन ।

शर्माले अनुगमनका क्रममा दार्मामा सबै व्यवसायीहरुले एक महिना भित्रमा प्रकृया पुरा गर्र्न निर्देशन दिएकी छन् । यदि तोकिएको समयमा प्रकृया पुरा नगरी व्यवसाय संचालन गरे कानुन बमोजिम कार्बाही गरिने उनको भनाई छ । दर्माली जनताले प्रयोग गर्ने खाद्य बस्तु ताजा , स्वक्ष र सफा हुनुपर्ने भन्दै उपभोक्हिक्ता हकहित निम्ति आफ्नो तर्फबाट कुनै कसुर नरहने गरि काम गर्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस