सल्यान, ३० भदौँ ।
सल्यानमा मंगलबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चौरजहारी नगरपालिको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
कुमाख गाउँपालिका वडा नं. ३ का २४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका उक्त व्यक्ति होम क्वारेनटाइनमा बस्दै आइरहेका थिए ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । जसमा ३ सय निको भएर घर फर्कि सकेका छन् ।
प्रतिक्रिया दिनुहोस