बुटवल उप–महानगरपालिकाले ग¥यो घरमै पुगेर लालपूर्जा वितरण

 

बुटवल, ३० साउन ।
बुटवल उप–महानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ । साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरिएको हो ।

उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेबी आचार्य र कार्यपालिका सदस्य समेतको टोलीले मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको छ । ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले जति नै जग्गा भए पनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको बताए ।

०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएकाले समस्या समाधानका लागि अहिले सरकारले घरमै पुगेर लालपुर्जा वितरण प्रकृया अगाडि बढाएको बुटवल उप–महानगरपालिका प्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

<