सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३० पुग्यो : बुधबार ५ जना थपिए


सल्यान, ३१ असार ।
सल्यानका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कुमाख गाउँपालिकाका ३ जना र बनगाड कुपिण्डे नगरपालिकाका २ जना गरी बुधबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

चौरहजारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा कुमाख गाउँपालिकाका १ जना महिला सहित ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

<