काठमाडौं, ३१ असार ।
अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।
बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था बिहीबारदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ ।
लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट निस्शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो । सरकारले लकडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बैंकर्स संघसहित अन्य दुई संस्थाले निकालेको सूचनामा उल्लेख छ ।
‘कति शुल्क लाग्ने यो सबै नेपाल क्लियरिङ हाउसले गर्ने ‘विज्ञप्तिमा भनिएको छ,’ विद्युतिय कारोबारबाट गर्ने कारोबार गर्दा पनि शुल्क लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस