नेपाली भूमी भारत सरकारले अतिक्रमण गर्दा पिडाबोध भएपछि सल्यानी बैदार काकाको मोदी सरकारलाइ पत्र

धन बहादुुर हमाल
कुमाख गाउँपालिका, सल्यान

‘खयर काटी हलो हुदैन’
‘सिमामिच्ने पराइको भलो हुदैन’
‘तिल पेल्यो तिर्मिलो पेल्यौ कातिकत्यायनौ’
‘कितसाइले सानो देख्यौ कित पत्याएनाौं ।।

 

मोदि सरकार जयनेपाल, तिमी विशाल हिन्दुस्थान तथा सम्पूर्ण भारतका ठूला नेता हौ,केवल नेता मात्र नभएर तिमी भारतका प्रधानमन्त्री पनि हौ । दुई–दुई पटक चुनाब जितेर प्रधानमन्त्री भइसकेका व्यत्तित्वले जब, जब म घर आउँछु तबतब भाइटोक्त्ती को भाई मर्छ भन्ने उखान जस्तै जब तिमी प्रधानमन्त्रीको पदभार ग्रहण गर्छौ तब तिमिलाई कि घमण्ड कि अहम्काार कि हेपाहा प्रवृत्ती आउँछ । पहिलो पटक चुुनाब जित्यौ नेपालाई नाका बन्दि ग¥यौ खाद्यान्न रोकीभोगद्धारा र औषधी रोकी रोगद्धारा दुः ख दियौ तिम्रो पहिलो कार्यकाल नेपालीको लागि अशुभ भयो पेट भरी भातखाई अनारी सितो जस्तो भएको थियो शुरुमा ताली खायौ नाकाबन्दीमा गाली खायौ पहिलो कार्यकाल सकियो दोस्रो पटकको निर्बाचनमा पनी जित्यौ, पुन ः सरकार प्रमुख तथा प्रधानमन्त्री बन्यौ तिमिलाई फेरी अहम्ता बढ्यो, घमण्ड चढ्यो अभिमान जाग्यो फेरी पनी नेपालको भूमी मिचेर नक्साङ्कन ग¥यौ पादे पछि पाद्यो भन्छौ, गन्हाँआइगो भन्ने उखान जस्तै ‘जो होचो उसका मुखमा घोचो, कउलै पायौँ घुडैँ कोच्यौँ जस्तो उखान झै नेपालकै भूमी मिच्ने सडक बनाई सडक उद्घाटन गरी नाङ्गो नाच देखायौ ।

तिमीलाई सरम छैन तिम्रो देश कुनै देशको उपनिवेश हुँदा हाम्रो देश नेपाल स्वतन्त्र थियो, तिम्रो देशमा कसैले रम्रमीदम्दमी गर्दा नेपालमा त के तिम्रो भूमीबाट ति रजाँई गर्ने ंहरुलाई हामी नेपाली वीर गोर्खालीहरुको सम्लग्नता र वीरताले लखेटेको यति चाडै भुल्यौ , यदि दुई –दुई पटक जितेका मात लागेको हो भने जाउ : चिन, कोरिया, अमेरिका, बेलायत आदि देशहरुको सिमामिच, उनिहरुसँग जोडी खोज, भुगोलले जनसंख्या, आर्थिक रुपमा उनि देशहरुका समकक्षी हुन सक्छौँ । उनिहरुसँग जोडी गर, त्यति मात्रैले पुग्दैना होला बुध,वृहस्पति, मङ्गल, चन्द्र,शनी आदि ग्रहहरुमा आधिपत्य जमाऊ, कब्जा गर । हिन्दुस्थान ‘क’, हिन्दुस्थान ‘ख’, हिन्दुस्थान ‘ग’बनाउँदै लैजाउ mहाम्रो बधाई हुनेछ ।

किन नेपालमा गिद्ये दृष्टि हँ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

खबरदार नेपालीभूमीको आदर पुर्वक छोड नेपाली माटो जुन माटोमा तिमिले सेनाहरु द्धारा कुल्चन लगायौ, कुल्च्यौ नेपाल आमालाई नेपााल आमा सँगै माफि माग तिमि जानकार आफैँ छौ । ‘मन्डे बिग्र¥यो जानीजानी कपडा बिग्र¥यो तानीतानी’भनेझै बुझी बुझी बुझ नपचाउँ बडो सुजबुजका साथ नेपाल आमाका पाउँ कुल्चन आएका तिमिले पठाएका तिम्रा सेनाहरु फिर्ता गर त्यो नै बहादुरी हुनेछ । यदि फिर्ता गर्दैनौ भने झिँजाले मुढो जलाउँछ या पोल्छ, हामी नेपाली झिँजा हो तिमी मुढा हौ झिँजाले मुढो जल्यो भने हामीलाई भन्दा तिमिलाइ नै नोक्सान बढी हुनेछ ।

 

किराले हिरा विगार्छ, रछ्यानमा ढुङ्गो हानी मुखमा छिटा होला, ‘अरिङ्गाल खायौ बच्छिउँ खायौ, झिमिरी का हातबाट पतिहालि माग्यौ’भन्ने उखान जस्तै होलाहामीहाम्रो भूमीको शुरक्षार्थ जिउँ ज्यानको आहुति दिनत यार छौँ । सानो देश भनेर हेलाँ नगर हेलाँको जस्या खरानी घस्या, छारफुच्चेले छारफुच्चे बनाउँछ हामी जे पनिगर्न सक्छौँ, ‘ल्यालेलास कालजिउँनै लेलास’भन्ने उखानझैँ नेपालीभूमीमा पराई टेकिसकेपछि छुँतिपुति गर्नु हाम्रो बाध्यताहो ।

हामी नेपालीहरुसँग जोडी खोज्नु, लड्नु, भिड्नु हाम्रो भुमी हराउँनु पसिलाग्नु गर्नुहो ठिक छ यो पनि एउटा खेल खेल्नु जस्तै हो, खेलमा हार पनि हुन सक्छ जित पनि हुँन सक्छ, ‘तल परे भाँढ माथि परे साढ’ भने जस्तै हा¥यौ भने पनि हामी कमजोर नै हो, जित्यौ भने हामी साढे नै बन्ने छौँ, ख्याल गर अझै पनि बिग्रको केही छैन सच्चिने समय छ हाम्रो आग्रह छ, अनुरोध छ ।

 

तिमीहरु भन्दा हामी भौगलिक, आर्थिक, जनसंख्याका हिसाबले तिमि ठुला भएपनि स्वतन्त्र भएको नाताले छिमेकीे देशको नाताले तिम्रादेशको जति तिमीलाई माया छ, त्यतिनै हाम्रो देशको माया हामीलाई छ । ‘ठुलाले सानालाई मिच्नु धर्म होईन जर्गेना गर्नु धर्म हो’। ‘अति गरे खतिहुन्छ ।।।।।।।।।।नगर बाला साईय’गाएकहरु पनि यसरी गितको माध्यम बाट बल मिचाई नगर भन्दै छन् । अर्को एउटा गिततल लेखिएको छ ।
वारी बन्मापारिबन्मलागेको छ गुहेरी गुहेरी छेकेको झलमुले घाम।
हुकुमचलाउँ नेपाल सरकार सिमामिच्ने पराईलाई धपाउनजाम।।

माथिको गित गाउँदै सिमामा पुग्ने नेपाली जनतालाई बाध्य नबनाऊ मोदी सरकार ।।।।।।।।।

प्रतिक्रिया दिनुहोस