सूचनाप्रविधिः विकासक्रम, योगदान र सल्यानको अवस्था

प्रविण कुमार चन्द

संस्थापक अध्यक्ष, क्यान महासंघ, सल्यान
हाल कम्प्यूटर अपरेटर,जिल्ला निर्वाचन कार्यालय,सल्यान

जिल्लाको सक्षिप्त परिचय

सल्यान जिल्ला पुरानो संरचना अनुसार राप्ती अञ्चल तथा वर्तमान संरचनाको कर्णाली प्रदेशका पहाडि जिल्लाहरुमध्ये एक हो । महाभारत श्रखलाको मध्य भागमा अवस्थित सल्यान पुर्वमा रोल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा पश्चिमरुकुम र जाजरकोट, दक्षिणमा दाङ्ग र बाँके जिल्लाको सिमानाभित्र घेरिएर रहेको यो जिल्ला धामिक, पर्यटकिय, सास्किृर्तिक एव्मा एतिहासिक रुपले महत्वपूर्ण मानिन्छ । कुल १९५१ वर्ग कि‍।मि। क्षेत्रफल भएको यो जिल्ला २८ डिग्री ३१ मिनेट उत्तरदेखि २८ डिगि ५३ मिनेट उत्तरी अक्षास ८२ डिग्री ० मिनेट पू्र्बदेखि ८२ डिग्री ४६ मिनेट पूर्बी देशान्तरका वीचमा अवस्थित रहेकको छ । राजनीतिक दृष्टिकोणले २ निर्बाचन क्षेत्र, ७ गाउँपालिका र ३ नगरपालिकामा बिभाजित यस जिल्लामा बामहण, क्षेत्री, नेवारका अतिरिक्त ठकुरी, सन्यासी र मुश्लिमहरुको समेत बसोवास रहेको पाइन्छ । जनगणना २०६८ अनुसार ४६५२४ घरधुरीका २४२४४४ जनस‌ख्या र १२५ बर्ग कि मि जनघनत्व रहेको पाइन्छ । जिल्लाको साक्षरता ९९।४५ रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासको ढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जल सम्पदाको रुपमा रहेको छ । कुपुण्डेदह यहाँको धार्मिक प्रर्यटकिय स्थलको रुपले प्रसिद्व रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेका छन् । यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् ।

बिकासको अर्थ

कुनै पनि क्षेत्रको सामाजिक, आर्थिक, राजनीतिक,सांकृतिक, धार्मिक, प्रशासनिकस्थितिमा देखिने सकारात्मक परिबर्तन नै बिकास हो । बिकासबृहत अर्थ राख्दछ । बिकासले मानब जीबनमा आएको गुणात्मक बृद्धिलाई संकेत गदर्छ जसले मानिसहरुको आबश्यकतालाई परिपूर्ति गर्न सघाउ पुर्याउँछ । बिकासको मापन बिभिन्न आर्थिक र सामाजिक सूचकहरुबाट गर्ने गरिन्छ ।गरिबीको स्थिति, शिक्षाको स्थिति, बालबालिकाको जन्म दर र मृत्युदर, बालिकाहरुको बिध्यालयमा सहभागिता, लैंगिक समानताको स्थिति, मानव बिकासको अबस्थिति, औशत आयु, कुल ग्राहस्थ उत्पानद जीडीपी तथा कुल राष्ट्रिय आय जीएनआइ, आदि यस्ता सूचकहरू हुन् ।
यो समग्रमा सबै खाले बिकासको पारस्परिक समरूप पनि हो । अर्थशास्त्रीय बिचारमा बिकास आर्थिक बिकास हो भने समाजशास्त्रिय द्रृष्टिकोणमा यो सामाजिक बिकास हो ।त्यस्तै राजनीतिक द्रृष्टिकोणमा राजनीतिक बिकास, सांस्कृतिक द्रृष्टिकोणमा साँस्कृतिक बिकास, मानबशास्त्रीय द्रृष्टिकोणमा मानवीय बिकास तथा प्रशासकीय दृष्टिकोणमा प्रशासनिक बिकासको रूपमा समआत बिकासलाई हेर्ने सकिन्छ । समग्रमा आर्थिक, सामाजिक, राजनीतिक, मानवीय र प्रशासनिक स्थितिवाट अगाडी बढ्नु नै बिकास हो जसबाट मानिसको जीबनयापन सहज हुन्छ तथा यसमा सुशासन, सहभागीता, लैंगिक समानता, समता, सामाजिक न्याय जस्ता बिषयहरूको अबधारणाको समिश्रण हुन्छ ।सूचना र प्रविधिको विकासमा सल्यानलाई अझैपनि आंशिक प्रविधिपहुच जिल्लाको रुपमा हेरिने गरिएको छ।

सूचना प्रविधिको अर्थः

आवश्यक सूचना, तथ्यांक, बिचार, सन्देश वा जानकारी सञ्चार गर्न तिनीहरूको पहिचान, संकलन, बर्गीकरण, प्रशोधन, उपयोग र भण्डारण गर्ने मानवीय वा कम्प्युटरमा आधारित साधनहरूको संयोजनले बनेको व्यबस्थित संयन्त्र वा प्रणालीलाई नै सूचना प्रविधि हो । यसले उपयोगिता, प्रयोग, प्राथमिकता, औचित्य, आवश्यकता र महत्वको आधारमा सूचना संकलन गर्न, जटिल सन्देशलाई बुझ्नसक्ने बनाउन, प्रगति मूल्यांकन गर्न, नीतिरयोजना, कार्यक्रम तयार गर्न, अनुगमन, मूल्यांकन गर्न सबै सरोकारवालाहरुलाई निर्णय प्रकृयामा सहभागी बनाउन, ट्रान्सपेरेन्सी, एकाउन्टिविलिटी, रेस्पोन्सिविलिटी हाँसिल गर्न मद्दत गर्दछ ।
सूचना प्रबिधि त्यो चिज हो जसलाई सञ्चार गर्ने प्रयोजनमा उपयोग गर्न सकिन्छ । सूचना प्रबिधिले दक्षता र उत्पादकत्व बढाउँछ भने यसले बस्तु, सेवा र बजारको पहुँचमा समेत बृद्धि गराउँछ । सूचना प्रबिधि सञ्चारका साधन, सञ्चार प्रक्रिया र प्रबिधिको संयोजित रूप हो । यसलाइ सूचना व्यबस्थापन गर्ने बैज्ञानिक पद्धति मान्न सकिन्छ ।सरकारले गरेका कामहरुको उपलव्धिको वारेमा जनतालाई सुसुचित गराउन अर्थात राज्य र जनताको सम्पर्कको पुलकोरुपमा सूचना प्रविधिलाई महत्वपुर्णरुपले हेरिने गरिन्छ।२१औ शताव्दीलाई सूचना र प्रविधिको विश्व को रुपमा हेर्ने गरिएको छ।

बिकासमा सूचना प्रबिधिको भूमिकाः

बिकासका थुप्रै क्षेत्रहरूमा सूचना प्रबिधिको महत्वपूर्ण योगदान रहन्छ । संबिधान र कानुनमार्फत सूचनाको हकलाई नागरिकको आधारभूत अधिकारको रुपमा ग्रहण गरिएको समयमा नेपालमा पनि सूचना प्रबिधिको महत्व बढेको छ । यसलाई आर्थिक, सामाजिक, मानवीयन, राजनीतिक, प्रशासनिक तथा सांस्कृतिक पक्षमा समेत महत्वपूर्ण मानिन्छ भने नेपालमा पछिल्लो समय कृषि, पर्यटन, उद्दोग, बाणिज्य, शिक्षा, स्वास्थ्य, सञ्चार, आदि जस्ता धेरै क्षेत्रमा समेत यसको उपयोगवाट समष्टिगत बिकासमा टेवा पुगेको छ भन्न सकिन्छ ।युग र समयको मागको सम्वोधनमा सूचना प्रविधिले खेलेको भूमिकालाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

आर्थिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– आर्थिक स्रोतको समानुपातिक वितरण कायम गरी सामाजिक न्यायमा टेवा पुग्छ,
– उत्पादन र प्रबर्द्धनमा लागत मूल्य घटाई उत्पादकत्व बढाँउछ,
– जिल्लातथा स्थानीय तहको बजेट तर्जुमा, अख्तियारी प्रदान तथा लेखा–जोखामा सहयोग गर्छ
– लगानीमा प्रतिसपर्धा र मुल्यनिर्धारण मा सहयोग पुर्याउछ।
– वस्तुको माग र वजार व्यवस्थापनलाई सहज तुल्याउछ।
– राज्यको श्रोत साधन र लगानीको पहिचान गराउछ।
– कृषि, पर्यटन, बाणिज्य, सूचना, आदि जस्ता क्षेत्रहरूमा ज्ञानमा आधारित अर्थतन्त्रको प्रबर्द्धन गर्छ ।
– आर्थिक पारदर्शिता, वित्तिय सुशासन र उत्तरदायित्वको माध्यमद्धारा संस्थागत सुशासन कायम गर्छ ।
– बिकासका अन्य सबै आयामहरूको उपयोगितामा यसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।

राजनीतिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– राजनीतिक चेतना बृद्धि गर्दै राजनीतिलाई बिकाससँग आबद्ध गर्न सहयोग गर्छ,
– सूचना प्रबिधिको माध्यमबाट आफ्नो राजनीतिक अधिकार सदुपयोग गर्छ । (जस्तै इ भोटिङ)
–राजनैतिक चेतना फैलाउन, राजनैतिक मुद्दा बारे बहस गर्न तथा बिषेश मुद्दामा जनताको मत लिई निर्णय निर्माण गर्न, सरकारी नीति कार्यक्रमहरूको कार्यान्वयन, बिश्लेषण, अनुगमन र मूल्यांकन गर्दै साधनरस्रोत बचत गर्छ ।
– सूचना प्रबिधिको माध्यमद्धारा राजनैतिक एजेण्डा सेटिङगरी स्वच्छ राजनीतिक अभ्यास गर्छ
–आम्दानी खर्चको यथार्थतालाई पारदर्शी गराउछ।
– वजेटखर्चमा मितव्ययिता ल्याउन सहयोग पुरयाउछ।
– नीतिकार्यक्रम तथा घोषणपत्र जनतामाझ पुरयाउछ।

 

भौतिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– भौतिक पूर्बाधारहरु जस्तै, बिद्दुत, रेलमार्ग, जलमार्ग, हबाई उड्ययन लगायत शैक्षिक संस्थाहरुको बिकास र बिस्तार गरी जनस्तरमा सुबिधा बढाँउछ,
– आर्थिक र गैर–आर्थिक बिकासलाई टेवा दिई सूचना र सञ्चार प्रबिधिको भौतिक पूर्वाधार निर्माणमा यसको उपयोग बढाँउछ ।
– नयाँ प्रबिधिको उपयोग, खोजीको माध्यमद्धारा भौतिक सुबिधाहरूको उपयोगमा प्रणालिगत सुधार ल्याँउछ ।
– बस्तु तथा सेवाको बिबिधिकरणमा सहयोग पुर्याई सेवाग्राहीको छनौट तथा व्यव्थापनकोसहज बनाउद छ ।
– श्रोतसाधन संकलन र योजना निर्माणकार्यलाई सहयोग पुर्याउछ।

 

शैक्षिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– सूचना प्रबिधिको माध्यमबाट ज्ञान, सीप, प्रविधि र दक्षताको प्राप्ति, हस्तान्तरण र सदुपयोगमा सहयोग पुग्छ,
– सबै खाले शैक्षिक पद्धतिमा सुधार गरी जिल्लाको साक्षरता दर, शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षा प्रणालीलाइ समेत योगदान पुर्याउछ ।
– कम भन्दा कम साधनस्रोतको उपयोग गरी शिक्षाको पहुँच लक्षित बर्गसम्म पुर्याउन सकिन्छ । (जस्तैं खुल्ला शिक्षा, प्रौढ शिक्षा तथा प्राबिधिक शिक्षा)
– दक्ष समाजको निर्माण गरी जिल्ला तथा स्थानीय तहको कामकारबाहीप्रति सचेतीकरण गर्नसहयोग गर्दछ ।
– ज्ञान शिक्षा र सिकाईमा एकरुपता ल्याउन सहयोग पुरयाउछ।

सामाजिक र सांस्कृतिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– जिल्ला स्थित नागरिक समाज, सचेतक बर्ग, गैरनाफामूलक अन्य संघसंस्थाहरूलाई जिल्लाको समग्र विकासमा उपयोग गर्न सकिन्छ भने सूचना प्रबिधिको माध्यमवाट तिनीहरूको अनुगमन, मूल्यांकन, निरिक्षण तथा नियमन समेत गर्न सकिन्छ ।
– सामाजिक सद्भाव, सामाजिक सदाचार र नैतिकता जस्ता बिषयहरुमा सूचना र संचार प्रबिधिको उपयोग गरी सामाजिक एकता र सद्भाव कायम गर्न सकिन्छ ।
– आज सामाजिक सञ्जाल (Facebook, Twitter) को अत्याधिक प्रयोग भै रहेको अवस्थामा जिल्लाका हरेक व्यक्तिहरु यसमा झुकाब राख्दछन् जसको सहि सदुपयोग गरी उक्त सञ्जाललाइ सामाजिक बिकासमा प्रयोग गर्न सकिन्छ भने सञ्जालका सदस्यहरुबीच अन्तरक्रिया बढ्छ ।
– सामाकिज रिति–रिबाज, चाल–चलन, संस्कार तथा संस्कृतिको जगेर्ना, सुधार र प्रचार–प्रसार गर्न समेत सूचना प्रबिधिले सहयोग पुर्याउँछ ।
– सामाजिक विविधताको चित्रण गर्दछ।
– कला र संस्कृतीको पहिचान गराउछ।

 

प्रशासनिक बिकासमा सूचना प्रबिधिको भूमिकाः

– यस जिल्लालाइ Networking Governance  बनाउने शासकीय धारणाको उपयोग गर्छ ।
– समग्र नेपालको Paperless Governance, E-governance, Online Governance जस्ता प्रशासकीय प्रबन्ध आत्मसात गरी यस जिल्लालाइसल्यनको छुट्टै स्थान बनाउन यसले सहयोग पुर्याउने छ ।
– जिल्लाका १० वटै स्थानीय तह, प्रादेशिक कार्यालय र संघ अन्तरगतका कार्यालयहरु, गैर सरकारी कार्यालयहरु र बैंकहरु बिचमा कामहरुको एक आपसमा सहयोग समन्वय गर्नतथा क्भचखष्अभ ऋयलतचबअत को माद्दमबाट निजी क्षेत्रसँग साझेदारी बढाउन सूचना प्रबिधिले सहयोग पुर्याउछ, यसको प्रयोग बिना दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समेत चुनौत देखिन्छ ।
– विसंगति नियन्त्रण सामाजिक सौदावाजी राष्टिय शुरक्षा जस्ता विषयलाई सवल तुल्याउछ।

प्रर्यटनको बिकासमा सूचना प्रबिधिको भूमिकाः

सूचना प्रविधिबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र पर्यटन हो । सूचना प्रविधियुक्त पर्यटन क्षेत्रले उद्यमशिलताको विकासमात्र गर्दैन, यसले स्थानीय समुदायको क्षमता अभिवृद्धि र समावेशिता, स्रोत साधनको प्रभावकारी व्यवस्थापनमा समेत महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सूचना प्रविधिको प्रयोगले पर्यटकीय वस्तु तथा सेवाको लागत कम गराउने मात्र होइन, पर्यटकीय सेवा प्रवाहमा आउने अनावश्यक समस्यालाई समेत न्यूनीकरण गरिदिन्छ । हाल विश्वभरका होटल तथा यात्रा प्याकेजमध्ये ८० प्रतिशतभन्दा बढी अनलाइनबाट बुकिङ हुने गर्छ । जसमा ठूलो हिस्सा मोबाइलको रहेको छ । विश्वमा सबैभन्दा बढी पर्यटक भित्रयाउने फ्रान्स होस् अथवा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानका हिसाबले सबैभन्दा अग्रस्थानमा रहेको माल्दिभ्स – सबैले सूचना प्रविधिको उच्चतम प्रयोगमार्फत बजारीकरण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
विश्व पर्यटन बजारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बुकिङ डट कममा नेपालका एक सयभन्दा बढी रिसोर्टसहित करिब १२ सय होटलहरू आबद्ध भएको देखिन्छ । यी होटल पनि काठमाडौँ, पोखरा केन्द्रित छन् । सल्यान जिल्लाबाट१वटा मात्र होटल पनि यसमा आबद्ध गर्न सके बिदेशि पर्यटक पनि सल्यान सम्म ल्याउन सक्ने सम्भावना रहन सक्छ । पर्यटकीय स्थानमा निःशुल्क वाईफाईसहितको इन्टरनेट सुविधाको अभाव छ । भर्खरै मात्र शारदा नगरपालिकद्धारा खलंगा र श्रीनगर बजारमा यस्तो सुविधाको शुरुआत भएको छ यसलाइ बृद्धि गर्दै लैजानु पर्दछ।
बाह्यवा आन्तिरक पर्यटक भित्रयाउनु अवका दिनमा स्थानीय तहको मुख्य जिम्मेवारी रहन्छ। एकाध पर्यटकीय स्थलबाहेकका पर्यटकीय स्थलको बारेमा फोटो, भिडियोसम्मको निर्माण गर्न नसकेको अवस्था देखिन्छ । यस्ता खाडललाई पुर्नका लागि सल्यानी युवाहरुले अहिले केही कार्यको थालनी गरिएको भए पनि संस्थागत रुपमा यसको शुरुवात हुनु पर्दछ ।राष्टको पहिचान गराई उद्योग व्यवसाय संचालन र प्रतिव्यक्ति आयमा यसको महत्वपुर्ण योगदान रहेको पाईन्छ।

 

सूचना प्रबिधिको उपयोगको क्षेत्रः

प्रशासनिक क्षेत्रमाः

E-Library, E-attendance, E-registration, ATM Card, Sutra (Usage at Sharada&BangadhakupindeMunicpality) (Counter-Automation (Usage at District Post office Salyan), Websites, PIS, LMBIS, HMIS, Online Payment, Online Driving Licence Registration, E-bidding, E-Governance E-Publication,   आदि क्षेत्रहरूमा सूचना प्रबिधिको भूमिकाको उपयोग बढाँउन सकिन्छ ।

शिक्षाको क्षेत्रमाः

Online learning, Distance learning, Open learning, Self Learning, Capacity building, Video-Conferencing, Smart boardतथा Multimedia usages मार्फत शैक्षिक क्षेत्रको बिकासमा सूचना प्रबिधिको योगदान बढाउन सकिन्छ ।

स्वास्थ्यको क्षेत्रमाः

त्Tele-medicine,Online Health Tips, Yoga, Meditation, Health Knowledge Management (HKM), Healthcare Information System (HIS), Toll Free Number, Live Video-Conference with Medical professionals. (यो प्रविधि जिल्ला अस्पताल सल्यानले प्रयोग गरि सकेको छ  । यस्ता प्रविधि मार्फत स्वास्थ्य क्षेत्रको समेत सुधार, बिकास र प्रबर्द्धन गर्न सकिन्छ ।)

कृषिको क्षेत्रमाः

Agricultural Information Centre, Agro- experience sharing, Agro-technology adaptation, Agro-tourism Development, Agro-apps   आदिको माध्यमवाट सल्यानका कृषकहरुलाइ विज्ञ कृर्षक बनाउन र यस क्षेत्रको उत्पादनलाइ बिश्वसामु पुर्याउन समेत यसको योगदानलाई बढावा दिन सकिन्छ ।

सूचना तथा सञ्चार क्षेत्रमाः

FMRadio, Local Television Stations, Internet Service Provider (ISP), Cable Networks, Different Online and Offline News Portal, Community Media Hubs आदि जस्ता सामाजिक सञ्जालको बिकास र बिस्तारमा सूचता तथा सञ्चार प्रविधिको उपयोग गर्दै समग्र जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानवीय विकास गर्न सकिन्छ ।

उद्दोग र व्यापारको क्षेत्रमाः

सल्यानका उत्पादन जस्तै अदुवा, टिमुर सुन्तला र सल्यानी खुकुरी तथा यस जिल्ला रहेका साना घरेलु उद्योगहरुको प्रचार प्रसार गरि देश तथा विश्वव्यापी रुपमा यसको क्षेत्र बढाउदैसूचना प्रबिधिको योगदानको माध्यमले जिल्लाको आर्थिक क्रान्तिमा योगदान दिन सकिन्छ ।निजी क्षेत्रको लगानी र प्रवर्धनलाई शसक्त र पारदर्शी गराउन महत्वपूर्ण भूमिका रहन्छ।

सूचना प्रबिधिको बिकासक्रम

नेपालको इतिहासलाइ हेर्दाहुलाकसार प्रणालीको विकास हुदै भरपर्दो सूचनाप्रणालीको विकासको रुपमाराष्ट्रिय जनगणनाको तथ्यांकको प्रशोधन गर्नको लागि सर्बप्रथम बि।सं। २०२८ सन् १९७१ सालमा कम्प्यूटरको प्रयोग भएको देखिन्छ । यस समयदेखि नै नेपालमा औपचारिक रूपमा सूचना प्रबिधिको उपयोग भएको थियो । त्यसैगरी सन् १९७४ मा कम्प्यूटर केन्द्रको स्थापना भएकोमा सन् १९८० मा Personal Computer को अबधारणा ब्यबहारमा आएको तथा तत्पस्चात नेपालमा कम्प्यूटरको प्रयोगमा बृद्धि भएको हो ।
त्यसै गरी नेपालमा सूचना प्रबिधिजन्य मेशिनहरुको आयात सन् १९९० मा खुल्ला गरिएको थियो । Computer Association of Nepal को स्थापना सन १९९२ मा भयो भने बिज्ञान तथा प्रबिधि मन्त्रालयको स्थापना सन् १९९६ मा भयो । नेपालले दूरसंचार नीतिको निर्माण तथा कार्यान्वयन सन् १९९६ मा गरेको थियो भने तत्अनुरूप दूरसंचार प्राधिकरणको स्थापना सन् १९९७ मा गरियो ।
सन् २००० मा सूचना प्रबिधि नीतिको तर्जुमा तथा कार्यान्वयन गरी सन् २००१ मा राष्ट्रिय सूचना प्रबिधि केन्द्रको स्थापना गरिएको थियो । त्यसै गरी सन् २००३ को World Summit on the Information को Priority Sector Society कार्यान्वयन गर्ने भनी High Level Commission for Information and Technology को स्थापना गरिएको थियो । यस्तै सन् २००४ मा नयाँ दूरसंचार नीतिको निर्माण गरियो भने सन् २००६ मा E-Government Master Plan को तर्जुमा तथा कार्यान्वयन भयो । सन् २००६ ९बि।सं। २०६३० मा बिद्दुतीय कारोबार ऐनको तर्जुमा र कार्यान्वयन गरियो भने सन् २००७ मा बिद्दुतीय कारोबार नियमाबलीको कार्यान्वयन गरियो । ।
देशमा सूचना प्रविधिको बिकास संगै–संगै सल्यान जिल्लालाइ पनि हेर्दा २००८ सालमा मोहन आकाशवाणीको नाममा आवाघर स्थापना भएको पाइन्छ । २०५० सालमा जिल्लामा Marts प्रविधिबाट १२ लाइन टेलिफोन बितरण गरिएको थियो भने २०६० सालमा PSTN Lain Line Telephone, २०६२ साल देखि Dialup Internet, CDMATelephone, २०६४ सालमा GSM-Sky मोबाइल संचालनमा आएको र २०६७ सालबाट ADSL Internet शुरु भएको थियो हाल Optical Fibber समेत संचालनमा आएको छ । नेपाल टेलिकमले आफ्नो सेवालाइथप गर्दै लगेको छ जिल्लामा १४ वटा टावर राखी सेवा संचालन गरेकोमा बडामालिका र जयतपानी गरी भर्खर मात्रै थप २ वटा टाउर संचालनमा आएका छन्। यस जिल्लामा मोबाईल सेवामा निजि क्षेत्रसमेत संलग्नता थपिएको छ । दूरसंचार क्षेत्रमा भएको बिकाससंगै जिल्लामा इन्टरनेट सेवा प्रदायक पनि थपएका छन् । बिगतका बर्षहरुमा ग्रामिण क्षेत्रमा नेपाल टेलिकमको CDMA Dongle, र Wi-max तथा बजार क्षेत्रमा Dialup / ADSL Internet सेवामा मात्रनिर्भर हुनु अवस्था रहेकोमा आजका दिनमा NTC ले पनि आफ्नो क्षेत्र बढाउदै लगेको छ भने अन्य सेवाप्रदायकहरु पनि World-Link, Subisu, Tech-mind, NEO Link, Everest Net आदि जिल्लामा क्रियाशिल रहेका छन् ।

 

सूचना प्रबिधिप्रयोगको दृष्टिकोणले हेर्ने हो भने सल्यानको ग्रामीण क्षेत्र संचार युगको अत्यन्त प्रारम्भीक चरणमा छ । कतिपय गाउँपालिकाका कार्यालयहरुमासमेत भर्खर मात्र इन्टरनेटको प्रयोग हुन थालेका छन् तर पनि ती क्षेत्रहरूमा पर्याप्त मात्रामा टेलिफोन लाईनहरु छैनन् । यस जिल्लामा छापा माध्यमको भूमिका पनि सीमित रहेकै छ ।बिगतमा केही पत्रपत्रिका संचालनमा आए पनि निरन्तरता नभएको र भर्खर मात्र १ वटा दैनिक पत्रिका सञ्चालनमा आएको छ । तथापि मोबाईल र एफ।एम। को प्रयोग पछिल्लो समयमा ब्यापक बृद्धि भएको छ ।संग संगै कम्प्यूटरहरुको प्रयोग भने क्रमिक रुपमा बढ्दो रुपमा देखापर्न थालेको छ।

सल्यानको बिकासमा सूचना प्रबिधिको रहन सक्ने योगदानः

सल्यानमा पनि अन्य ठाउँहरु जस्तै बिकासको प्रयासमा सूचना प्रबिधिहको महत्वपूर्ण योगदान रहेको छ । भविष्यमा समेत यस्तो योगदान रहने बिषयमा कसैको पनि दुई मत नहोला । तरपनि प्रबिधिले कुन हदसम्म योगदान पुर्यायो भन्ने कुरा अध्ययनको बिषय बनाउनु जरूरी छ । गरिबी निबारणका लागि चालिएका कदमहरुले सफलता पाउन ठीक समयमा सूचना उपलब्ध भएको हुनुपर्छ । अनिमात्र ठिक समयमा ठिक निर्णय हुन्छ । जिल्लाका सुगम तथा दुर्गम क्षेत्रमा रहेका जनतालाई सूचना दिन संचार माध्यमले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
सल्यानी जनतालाई उनीहरुको आर्थिक क्रियाकलापमा टेवा पुग्न सक्ने कृषि, घरेलु उध्योग, पर्यटन, व्यापार, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रहरूको सूचना तथा अन्य सामाजिक सेवाहरु सम्बन्धी सूचना प्रबाह गर्न सकेमा उनीहरुको गरिबी घटाउन, रोजगारी सृजना गर्न, आर्थिक अन्य क्रियाकलापहरूमा सक्रियता बढाउन तथा सामाजिक–आर्थिक रूपान्तरण गर्न यस माध्यमबाट योगदान पुग्न सक्छ । हालको समयमा सूचना प्रबाहको काम सामुदायिक रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुले केही मात्रामा गरेपनि यी माध्यमहरु एकतर्फी छन् । यो सुबिधा ईन्टरनेट र मोबाईल प्रबिधिले दिएको छ जसको प्रयोग यहाँको समाजमा बढ्दो रुपमा रहेको छ ।
पछिल्लो सल्यानको सन्दर्भमा ईन्टरनेट प्रबिधिमार्फत सरल ढंगले ज्ञान र सूचना प्राप्त गर्ने, शैक्षिक प्रणालीमा गुणात्मक सुधार गर्नेर ब्यापार प्रबर्द्धन गर्ने महत्वपूर्ण अवसर यही सूचना प्रबिधिवाट प्राप्त भएको छ भन्न सकिन्छ । Internet तथा V-sat जस्ता नयाँ प्रबिधिहरुको सहयोगले यहाँका मानिसहरुले बिश्वको कुनै कुनाको मानिससंग सहजै सूचना आदान–प्रदान गरी लाभ लिन सक्छन् । सामाजिक बिकृति तथा बिसंगतिहरु र आर्थिक शोषणबाट मुक्ति पाउन सूचना तथा संचारले महत्वपूर्ण भूमिका खेल्दछ । गाँउलेहरूले बिचौलिया ब्यापारीको झन्झटबाट मुक्ति पाउन सक्छन् र आफ्नो उत्पादन तथा सेवाको सोझै उचित मोल पाउन सक्छन् । सूचनाको पहुँचले उत्पादक तथा उपभोक्तालाई एक आपसमा नजिक ल्याउँछ जस्तै कपुरकोटको तरकारी, सल्यानी खुकुरी, माल्नेटाको अदुवा, कोटमौलाको सुन्तलातथा जिल्लाभर पाइने टिमुरलाइ राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउन सकिन्छ । जसले किसानको जीवनस्तर उकास्न कुनै न कुनै रूमा सहयोग गरेको हुन्छ ।

हाल नेपालमा सूचना प्रबिधिको लागि संस्थागत व्यवस्थाः

– बिज्ञान, प्रबिधि तथा बाताबरण मन्त्रालय
– सूचना तथा संचार मन्त्रालय
– सूचना बिभाग
–सूचना प्रबिधि बिभाग
– राष्ट्रिय सूचना प्रबिधि केन्द्र
– सूचना प्रबिधि पार्क बिकास समिति
–Nepal Academy of Science and Technology–Federation of Computer Association Nepal (CAN Federation)

– प्रमाणिकरण नियन्त्रकको कार्यालय
–Information Technology Council

– नेपाल दूरसंचार प्राधिकरण

हाल नेपालमा सूचना प्रबिधिको लागि नीतिगत र कानूनी व्यबस्थाः

– नेपालको संविधानको धारा ५१ (छ–४)

– सूचना प्रबिधि नीति, २०६७
– संचार नीति, २०६०
– बिद्दुतीय कारोवार ऐन, २०६३
– बिद्दुतीय कारोवार नियमाबली, २०६४
– सुशासन (ब्यबस्थापन तथा संचालन) ऐन, २०६४
– सुशासन (ब्यबस्थापन तथा संचालन) नियमावली, २०६५
– सूचनाको हक सम्बन्धी ऐन ,२०६४ तथा तथा नियमाबली, २०६५
–दूरसंचार ऐन,२०५३ तथा नियमाबली, २०५४
–E-Government Master Plan, 2006–

त्रिबर्षीय योजना (२०७३-७४/२०७५-७६)
– साईवर कानून

– धारा ५१ ९च० बिकास सम्वन्धी नीति ९४०स्( बैज्ञानिक अध्ययन अनुसन्धान एवं बिज्ञान र प्रविधिको आविस्कार, उन्नयन र बिकासमा लगानी अभिबृद्धि गर्ने तथा बैज्ञानिक, प्राविधिक, बौद्धिक र बिशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने
–बिद्दुतीय कारोबार ऐन, २०६३ तथा बिद्दुतीय कारोबार नियमाबली, २०६४ ले बिद्दुतीय तथ्यांकको आदानप्रदानबाट हुने कारोबारलाई भरपर्दो र र सुरक्षित बनाई बिद्दुतीय अभिलेखको सृजना , उत्पादन, प्रशोधन, संचय, प्रबाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र बिश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने ब्यबस्था गर्न र बिद्दुतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्ने प्राबधानहरुको ब्यबस्था गरेको छ ।
– सार्बजनिक खरिद ऐन, २०६३ तथा नियमाबली, २०६४ ले खरिद प्रक्रियमा बिध्युतिय संयन्त्रको उपयोगमा जोड दिएको ।
– सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा तथा नियमाबली, २०६५ ले सार्बजनिक निकायहरुका गतिबिधि तथा सूचनाहरुलाई अध्याबधिक गरी समय, समयमा प्रकाशन र प्रशारण गर्नुपर्ने ब्यबस्था गरेको छ ।
– दूरसंचार ऐन, २०५३ तथा नियमाबली,२०५४ ले सूचना तथा संचारको क्षेत्रमा प्रतिस्षपर्धा सहित बहुसेवा प्रदायकहरुको ब्यबस्था गर्न कानूनी र संस्थागत ब्यबस्था गरेको ।
– सुशासन ९ब्यबस्थापन तथा संचालन० ऐन, २०६४ तथा नियमाबली, २०६५ ले प्रत्येक सरकारी निकायहरुले आफ्नो श्रोत र साधनको उपलब्धताको आधारमा कम्पूटरकृत सूचना प्रबिधिलाई ब्यबहारमा ल्याउने ब्यबस्था गरेको छ ।
– सूचना प्रबिधि नीति, २०६७ ले सूचना तथा प्रबिधिको माध्यमबाट नेपालालाई ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्ने उद्धेश्य राखेको ।
–नेपाल सरकारको नीति तथा कार्यक्रम ९२०७४र७५० बिज्ञान, प्रबिधि तथा खोज र मानवअधिकारका सबालमा उपयुक्त कार्यक्रम सञ्चालन गर्ने,

सल्यानको बिकासमा सूचना प्रबिधिको अबस्थाः

माथि उल्लेख गरिए झै नेपालमा सूचना प्रबिधिको उपयोगमा बिभिन्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदा हुँदै पनि कार्यान्वयन, बिश्लेषण, नियमित अनुगमन, मूल्यांकन, नियमित संभार तथा स्तरोन्नति गर्न नसकिएकोले यो क्षेत्रको यथोचित लाभ भने लिन सकिएको छैन । सूचना प्रविधि बिषय अझै पनि राष्ट्रिय एजेण्डाको रुपमा रहेको पाईदैन ।जसको प्रत्यक्ष असर यस जिल्लामा पनि परेको छ ।
बिकासमा यसको योगदानलाई आत्मसात गर्न राजनीतिक र प्रशासनिक प्रतिबद्धता हुनु पर्नेमा जसको कमी देख्न सकिन्छ । बिकासमा सूचना प्रबिधिको उपयोगमा दीर्घकालीन सोच तथा रणनीतिको अभाव रहेको समेत प्रदेश तथा स्थानीय तहहरुको बजेट तर्जुमाले झल्काउछ । सूचना प्रबिधिको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुबीच समन्वयको कमी रहेको कुरा सामान्य कुनै क्षेत्रमा राखिने टेलिफोन टावरहरुको बिषयका झगडाहरुले देखाउद्छन् ।

सूचना प्रबिधिहरुको पर्याप्त उपलब्धता नहुनु, नबिनतम् प्रबिधिहरुको सहज प्राप्तिमा समस्या हुनु तथा भएका प्रविधिको प्रयोगमा निरन्तरता, नियमितता, नियमन, संभार, अनुगमन, मूल्यांकन, कमजोरी पहिचान, सुधार जस्ता कार्यक्रमहरूको कमि हुनुले समेत यस क्षेत्रमा समस्या रहेको छ । समस्या त्यतिमा मात्र सीमित छैन ।

सबै भन्दा ठूलो समस्या त सरकारी कार्य प्रणाली, कार्यप्रक्रिया, कार्यबिधि र कानूनी ब्यबस्थालाई बिध्युतीय कारोबार अनुकूल बनाउन नसकिनुमा छ ।बिद्दुतीय कारोवार ऐनको कार्यान्वयन पूर्णरूमा नहुनु वा भनौ सरकारी वेभसाईटहरू समेत समयमा अपडेट नहुनु, आजको जनमानस मोबाइलमा यति झुकाब राख्दछन् भन्ने कुरा थाहा पाएर पनि आज सम्म जिल्लाका कुनै पनि सरकारी कार्यालयको मोबाइल एप्स संचालनमा नहुनु यसका ज्वलन्त उदाहरणहरू हुन् । अझैपनि सबै सरकारी कार्यालयहरुका कर्मचारीहरुलाइ पुर्नरुपमा कम्प्युटरको ब्यबस्था गर्न सकिएको छैन भने भएको ठाँउमा regular maintenance, upgrade, प्रचार–प्रसार तथा अनिवार्य उपयोगको व्यबस्था गर्न सकिएको छैन । बिकासमा सूचना प्रबिधिको महत्व र उपयोग प्रणालीका सम्बन्धमा नागरिकहरुमा चेतना बढाउन समेत सकिएको छैन ।साइबर अपराध र साइबर सेकुरिटी सम्बन्धी जनचेतनाको कमिले निरन्तर साईबर अपराध बढेर गएका छन्। केही दिन अगाडी मात्र नेपाल भारतका ह्ययाकरहरुले एक अर्के देशका सरकारी वइभसाइटहरु ह्याक गर्ने गरेको देखियो । बेला बेलामा Facebook War, , सामाजिक संजालमा पोष्ट गरिने साना क्तबतगक ले पछि भयावह जोखिम समेत निम्त्याएका उदाहरणहरु प्रयाप्ता नै छन् । यति सम्म किएक जवान छोरी आफ्नो फेसबुक वालमा‘बुवा आमा काठमाण्डौं गएकाले एक्लै बस्नु परेको अवस्था’ भनेर रातको १२ बजे स्टाटस राख्छिन। तेही खबर बिश्वभरि फैलन्छ र उनि प्रति गिद्धेनजर लगाउने कुनै नजिककै व्यक्तिबाट उनि अनुचित कार्यमा पर्ने, जिउधनको शूरक्षामा गम्भिर संकट आउने गरेको छ।साईवर अपराधी ह्याकरहरुले व्यक्तिको वैक खातावाट रकम लुटने र गोप्यविवरण प्राप्तगरि समाजमा अपराध वढाउने कार्यसमेत वढदै गएको पाइन्छ।यसतर्फ सचेत वन्न त्यत्तिकै जरुरी छ।

यसो भनि रहँदा यो पनि भुल्नु हुँदैन कि हाम्रा सेवाग्राहीहरू समेत प्रविधिमैत्री छैनन् । यो कुरा त लोक सेवा आयोगको अनलाईन फाराम प्रणाली तथा राहदानीको अनलाईन आवेदन, यातायात व्यवस्था कार्यालयको ड्राइभिङ्ग लाइसिन्स अनलाईन फाराम प्रणाली, , Electronic Diversity Visa Lottery उपयोग गर्न समेत सेवाग्राहीहरू एजेण्ट वा मध्यस्थकर्ताको भर पर्ने गरेकोले पनि प्रमाणित गर्छ ।

सल्यानमा सूचना प्रबिधिको क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने अबको उपाय

समस्या र चुनौतीबाट अछुतो त कुनै क्षेत्र पनि नरहला त्यसैलेतिनीहरूको सामना गरेर अघि बढ्नुको बिकल्प नै हुँदैन । त्यस्ता समस्याहरूलाई चिर्दै अगाडी बढ्नु र भविस्यका जोखिमहरूको न्यूनिकरण गर्नु ठूलो कुरा हो । यस क्षेत्रमा सूचना प्रबिधि अन्तर्गत सबैभन्दा पहिले त दूरसंचार पूर्बाधार बिकासका लागि सुनियोजित कार्यक्रम तथा आधुनिक संचारको प्रयोग गर्नु आबश्यक छ ।यसले सामाजिक तथा आर्थिक बिकासको प्रक्रियामा सामुदायिक संचारको भूमिकालाई अझ सशक्त बनाउदछ ।

प्रदेश सरकारले प्रदेशमा र स्थानीय सरकारले आ–आफ्नो कार्यालयमा सर्भर स्थापना गर्नु पर्दछ ।पहिलो चरणमा प्रत्येक स्थानीय तहका आफ्ना मातहतका कार्यालयहरु र सम्भावित क्षेत्रसम्म अप्टिकल फाईबर र ईन्टरनेट सेवा सुचारु गर्नु पर्दछ र दोश्रो चरणमा जिल्लामा रहेका स्थानीय तह, प्रदेश कार्यालय र जिल्ला स्थित अन्य कार्यालयहरुको बिचमा नेटवर्क विस्तार गर्नु पर्दछ । तेश्रो चरणमा सफटवयर निर्माण तथा कार्यान्वयन: जसबाट आधुनिक सञ्चार प्रबिधिहरुको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्दछ । सूचना प्रबिधिजन्य ब्यबसायमा निजी तथा सामुदायिक क्षेत्रलाई प्रोत्साहित गर्ने, सुरक्षा प्रदान गर्ने तथा सके जति लगानी समेत गरिदिने प्रवन्ध तीनै तहका सरकारले अबका दिनमा गर्नु जरूरी छ । सूचना प्रबिधिका आधुनिक तथा प्रभावकारी माध्यमहरुलाई सदुपयोग गरेर बिकासका कार्यक्रमहरू सञ्चालन गर्न सके यो बिषय बिकासका लागि बरदान हुन्छ, बाधक होईन ।

अब ईमेल तथा ईन्टरनेट सेवालाई पनि आधारभूत आबश्यकताको रुपमा लिई सबैको पहुँचमा होस भन्ने जस्ता योजना कार्यक्रमहरु ल्याउनु पर्दछजसले व्यबस्थापकीय अबधारणा लाई प्रबर्द्धन गर्न टेवा मिलोस । यसले जिल्लामा रोजगारी सिर्जना गरी गरीवी न्यूनिकरण गर्दछ । सूचना प्रबिधि अन्तर्गत उपयुक्त ज्ञान र सीप भएको जनशक्तिलाई उपयोग गरी बिकास निर्माण प्रकृयालाई सरल, चुस्त, दुरूस्त, सुलभ र व्यबस्थित बनाउन समेत सकिने हुँदा अबको नेपाली युग सूचना प्रबिधिको युग हुनु जरूरी छ । प्रबिधिमा दुरूपयोग भयो, सही उपयोग गर्न सकिएन वा नियमन भएन भने यो साधनस्रोतको बिनासक पनि हुन सक्छ । त्यसैले नीतिगत रूपमा यसलाई नियमन गरी बिकासजन्य क्रियाकलापमा केन्द्रीत पारी राख्न यसका संयन्त्रहरू समेत बनाईराख्नु पर्छ ताकी सूचना प्रबिधिजिल्लाको बिकासका लागि बरबाद नभई बरदान साबित होस ।
आन्तरिक र बाह्य बजारको खाँचो पूरा गर्न सक्ने सूचना प्रबिधि उपयोगका लागि धेरै संख्यामा चाहिने दक्ष र अर्धदक्ष जनशक्ति बिद्यालय, बिश्व बिद्यालय र निजी संस्थाहरुबाट आउने कार्यक्रमहरुको बिकास गरिनुपर्दछ । आजको अवस्थामा हरेक विध्यार्थीको शिक्षण सिकाइका लागि विधुतिय शिक्षण सिकाइ शिक्षा कार्यक्रम अन्तर्गत सबै बिध्यार्थी, शिक्षक, प्रशासक तथा सरोकारवालाहरुलाई सूचना प्रविधि सम्बन्धि शिक्षा तथा आवश्यक तालिमको व्यवस्था गरिनु पर्दछ ।हरेकका घरघरमा इन्टरनेटको सहज पहुँच पुर्याउने अवधारणालाई स्थानीय सरकारहरुले सरकारी नीति वनाउनु, आम जनताले पाउने सरकारी सेवा र सुविधामा सूचना प्रविधिको पहुच हुन नितान्त जरुरी देखिएको छ।सूचना पाउने जनताको संवैधानिक हकलाई कार्यान्वयन गर्न अव सूचनार प्रविधिलाई परिपुरकको रुपमा विकास गरिनु नितान्त आवश्यक रहेकोले संचार जगतमा यसको लगानीका क्षेत्रहरुमा विषेश ध्यानपुग्न जरुरी देखिन्छ।

त्रि.ज.मा.बि.  खलंगा र जनता मा।बि। काभ्रामा संचालित कम्प्यूटर विज्ञानको पढाइलाई परस्कृत गर्दै जिल्लाको सूचना प्रबिधि केन्द्रको रुपमा बिकास गरी नमूना सूचना प्रबिधि केन्द्रको भूमिका बढाउनुपर्दछ । Internet र Intranet को माध्यमद्धारा सूचना सञ्चार प्रबिधिमा दूर९शिक्षण कार्यक्रम संचालन गरी जिल्लाको अशिक्षा, गरीवि, बेरोजगारी, आदि घटाउन समेत सकिन्छ । आजको विश्वव्यापी महामारीका कारण घरमा बन्चित हाम्रा भविश्यका कर्णधारहरुलाई शिक्षा प्रदान गर्न जिल्लामा शैक्षिक संजालको स्थापना गरी सूचना प्रविधिको उचित प्रयोग गरी अनिवार्य रुपमा नै शिक्षा प्रदान गर्न आवश्यक नै रहेको छ । सँगै हामीलाई सूचना प्रविधिमा फट्को मार्न कोभिड १९ एक अवसर पनि हो । जिल्लाका सबै तहहरुमा सूचना प्रविधिको प्रयोगअनिबार्यरूपमा गर्न सकेमा यस प्रविधि तर्फको रूचीमा स्वभाबिक बृद्धि हुने कुरामा सन्देह रहँदैन । नेपाल सरकारले समेत यही बिषयलाई ध्यानमा राख्दै सूचना प्रबिधिको बिकास र बिस्तारका लागि आ.ब. ०७७। ७८ को नीति तथा कार्यक्रम मार्फत धेरै कार्यक्रमहरूको समेत ब्यबस्था गरेको छ । जस्तै विधुतिय शिक्षण सामाग्री तयार गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने, सबै सार्बजनिक माध्यामिक विध्यालय र क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सुविधा पुर्याउने ।त्यसै गरी डिजिटल नेपाल निर्माणको लागि नेपाल सरकारले लागु गरेको डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याइ रहेकोले सल्यान जिल्लाका स्थानीय तहहरुले समेत अन्य पूर्वाधार निर्माणका साथै सही उपयोग गर्न सके जुनसुकै विषयले पनि सही नतिजा दिन सक्दछ भन्ने कुरालाई मनन् गर्दै बजेटको निश्चित प्रतिशत बिद्दुतीय शासन पद्धति निर्माणमा छुट्याउने ब्यबस्था गर्ने, सञ्चार प्रविधिमा लगानी बढाउने, यसको महत्वलाई बढावा दिने, बिभिन्न सेमिनार तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, बिकासका अन्य आयामहरूमा यसको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नविन्तम आयामहरूको उपयोगमा केन्द्रीत हुने गरेमा यसको लाभवाट जिल्ला, प्रदेश हुदै राष्ट्रिय बिकासमा समेत योगदान पुग्ने कुरामा विशवस्त हुन सकिन्छ । संघीय शासन र परिवर्तनका लागि आर्थिकलगानीका क्षेत्रहरुमा पहिलो सूचकको रुपमा रहेको सूचना र प्रविधिलाई पहिलो प्राथमिकताको रुपमा विकास गर्न नितान्त आवश्यक रहेको छ। यसलेखमा प्रयोग गरिएका केही तथ्यगत विषयवस्तुहरु सन्दर्भ सामाग्रीको livingwithict.com,deosalyan.gov.np,ddcsalyan.gov.np, prasashan.com तथा google बाट समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस