एउटै नाराले उजागर गरेको दिल्लीको त्यो ग्य्राण्डडिजाइन

  • 1 ashad, 077

काठमाडौं, । कोरोना संक्रमितको संख्या बढदै जाँदा नेपालमा युवाहरुको नाममा दिनदिनै सडकमा प्रदर्शन भइरहेको छ । सरकारले नेपाली भूमि रक्षाका लागि दर्ता गरेको संबिधान संशोधन बिद्येयक संसदबाट अघि बढेपछि सुरुवात भएको युवाहरुको नामको तथाकथित आन्दोलन बिद्येयक पारित भपपछि पनि जारी नै छ ।

आन्दोलनमा पिसिआर खारेज गर, कोरोना खारेज गर भन्नेदेखि भारतीय सत्ताको रक्षार्थ प्लेकार्डमा नाराले दिएको छ । नेपाली समाजले पचाउनै नसक्ने नारादेखि देशकैबिरुद्धमा समेत नारा लेखिएका छन । यो आन्दोलनमा बिदेसीको समेत संलग्नता रहेको तथ्य बाहिर आइसकेको छ । यही आन्दोलनमा थुप्रै प्लेकार्ड कालापानी, लिपुलेक र लिम्पयाधुरा नेपालको होइन, भारतकै हो भन्दै खुलेयाम देशबिरोधी काम गरिरहेकी सांसद सरिता गिरीको पक्षमा पनि छ । आन्दोलनमा लागेका युवाले प्लेकार्डमा लेखेका छन, ‘सरिता गिरी : आइ लभ यू’।

सरिता गिरी त्यस्तो पात्र हुन्, जो नेपालको होइन, भारतको हितबिरुद्ध जानु आ’त्म’ह’त्या भन्ने निश्कर्ष सुनाइ सकीन् । आन्दोलनमा उहाँको पक्षमा देखिएको यो प्लेकार्ड र भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न भारतले चाहिरहेको भन्ने समाचार एकैपटक आइरहेका छन । अर्थात आन्दोलनमा ‘सरिता गिरी : आइ लभ यू’ भन्ने नारा सोची बिचारी दिल्लीबाट प्राप्त भएको छ ।

नेपालको नक्साअनुसारको संबिधान संशोधनबिरुद्धको सूचना र मतदानमा सहभागी नभई गिरीले आफू नेपालको बिरुद्धमा लागेको घोषणा नै गरिसकेकी छन् ।यी सव घटनाक्रम चलिरहेको बेला सरिता गिरी आइलभ यू भन्नुको अर्थ नबुझ्ने कोही नेपाली छैनन । यो नाराले युवाहरुको नाममा लैनचौरले ठुलै रकम खर्च गरेर सरकारको बिरुद्ध भडकाउने र कोरोना नियन्त्रण भन्दा बाहिर पुर्याउने दुषित योजना सहजै बुुझ्न सकिन्छ ।

को हुन् सरिता के हो राजनिति पृष्ठभूमि ?

एउटी समाचारवाचिकालाई महत्वाकांक्षाले राष्ट्रिय राजनीतिमा उकालो चढाउँदै लैजान्छ । र, प्रकारान्तरमा राष्ट्रिय स्वाधीनताको मुद्दामा उनी विभाजित हुन्छिन् । राष्ट्रिय राजनीति उनका कारण तरंगित हुन्छ ।

उनै सरिता गिरीको प्रसंग हो यो । बिहारको गोपालगञ्जमा जन्मिएकी उनलाई कसै–कसैले रामनगर स्टेटकी बासिन्दा पनि भन्छन् । तर, उनी अपमानजनक सुगौली सन्धि भएको ठाउँनजिकै रामनगर स्टेटकी नभएर बिहारको राजधानी पटनानजिक गोपालगञ्जस्थित एक शिक्षित परिवारकी छोरी हुन् । उनका बुबा बिहारको न्यायसेवामा कहलिएका विद्वान हुन् ।

नेपाली कांग्रेसका वैचारिक नेता तथा सांसद प्रदीप गिरीका भाइ लक्ष्मण गिरी सडक विभागमा सिनियर इञ्जिनियर थिए । सरिताले लक्ष्मणसँग विवाह गरेपछि बुहारी बनेर नेपाल भित्रिएकी हुन् । पति लक्ष्मणको केही वर्षअघि निधन भयो ।

राजनीतिसँग जोडिएको, आर्थिक हैसियत पनि राम्रै भएको परिवारमा भित्रिएकी सरिता आफ्नो ज्ञान र सीपलाई सार्वजनिक जीवनमा उपयोग गर्न पहिलादेखि नै लालायित थिइन् । त्यसैले ०४७ तिरै विभिन्न करिअर खोज्दै काठमाडौं छिरिन् । ०४८ मा शेरबहादुर देउवा गृहमन्त्री भएपछि देउवासँग उनको राम्रो मित्रता थियो । नेपाली, हिन्दी र अंग्रेजी राम्रो बोल्थिन् । उनको बोलिमा शेरबहादुर साँच्चै नै लोभ्भिएका थिए ।

त्यसबेला सञ्चार मन्त्रालयका सचिव घनानाथ ओझा । चिरञ्जीवी वाग्ले सञ्चारमन्त्री । तर, शेरबहादुरले प्रधानमन्त्रीका प्रेस सल्लाहकार जेपी गुप्ता आनन्दलाई सरिताका लागि सञ्चारअन्तर्गत राम्रो काम मिलाइदिन अनुरोध गरे । अनुहारकी पनि राम्री । यसकारण नेपाल टेलिभिजनमा अंग्रेजी समाचार पढ्न सुहाउने खालकी छन् भन्ने शेरबहादुरको सिफारिस थियो । तर,राम्री हुँदैमा टेलिभिजन स्क्रिनमा कोही समाचारवाचिका बनिहाल्न सक्दैन ।

त्यसैले जेपीले सचिव घनानाथसँग सल्लाह गरे । हिन्दी राम्रो बोल्ने मान्छेको खाँचो थियो, रेडियो नेपालमा । किनभने, त्यसबेला विभिन्न भाषाभाषीका समाचार प्रशारण गर्ने तयारी भइरहेको थियो । यस प्रकार, रेडियो नेपालकी पहिलो हिन्दी समाचारवाचिकाको जागिरे भइन्, सरिता । ०५१ को चुनावमा रेडियोको जागिरबाट राजीनामा दिइन् । र, नेपाली कांग्रेस प्रवेश गरिन् ।

त्यसबेला मनमोहन भट्टराई, ढुण्डीराज शास्त्रीजस्ता रसिक नेताको वरिपरि भेटिन्थिइन्, सरिता । सरिताको इच्छा थियो, कांग्रेसले चुनाव उठ्नलाई टिकट दियोस् भन्ने । तर, जेठाजु प्रदीप गिरीले नै सिराहाबाट दोहोर्याएर टिकट पाए । जेठाजु र बुहारी एउटै जिल्लाका भएर पनि हुनसक्छ, सरिताको पालो आउन सजिलो थिएन ।

त्यसपछि नेपाल सद्भावना पार्टीमा प्रवेश गरिन् । गजेन्द्रनारायण सिंहले टिकट दिए । तर, पहिलो चुनावमा जमानत जफत भयो । त्यसपछि गजेन्द्रपत्नी आनन्दीदेवीसँग नजिक भइन् ।संविधानसभाको दोस्रो चुनावमा पर्साबाट लड्दा करिव २ सय भोट ल्याइन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला समानुपातिकबाट संविधानसभामा थिइन् । सद्भावना (आनन्दीदेवी) की एक मात्र सदस्यको हैसियतमा । बाबुरामलाई प्रभावमा पारेर श्रममन्त्री बनिन् । तर, मान्छे विदेश पठाउने नियमावलीमा मतभिन्नता भयो । मतभिन्नता यति चर्को कि, उनले बाबुरामको आलोचना नै गरिन् । र, मन्त्रीबाट बर्खास्त भइन् ।

त्यसपछि अनिल झासँग तालमेल गरिन् । गजेन्द्रनारायण सिंहको चुनाव चिह्न पञ्जा उनीसँग । अनिल झासँग खटपट भएपछि त्यो विलय अवैधानिक हो भनेर निर्वाचन आयोगमा मुद्दा हालिन् । आयोगले अनिलको पक्षमा फैसला गरिदियो । दोस्रो संविधानसभा निर्वाचनमा सरिता अलग्गै पार्टी बनाएर, तर चुनाव चिह्न पञ्जामै सहभागी हुन खोजिन् । तर, निर्वाचन आयोगले उक्त चुनाव चिह्न अनिलकै पार्टीमा कायम हुने फैसला गरिदियो । ०७४ मा उपेन्द्र यादवको पार्टीमा गइन् र समानुपातिक सांसद भइन् । उनै सरिता अहिले लिपुलेक भारतीय भूमि नै हो भन्दै वकालत गरिरहेकी छन् । जनआस्था/जनता टाइम्सकाे सहयाेग बाट 32 jestha

swadeshnepal.com

प्रतिक्रिया दिनुहोस

<